कांग्रेस नेतृ गिरिराजकुमारी प्रसाईंको निधन

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र ११,
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

इलाम,नेपाली कांग्रेसकी नेतृ गिरिराजकुमारी प्रसाईंको मंगलबार राति निधन भएको छ। झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा नेतृ प्रसाईंको निधन भएको नेपाली कांग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माले जनाएका छन्।

गिरिराजकुमारी ९ज्ञानु० प्रसाईं समाजवादी नेता चिन्तक सिके प्रसाईंकी धर्मपत्नी हुन्। नेपालमा लोकतान्त्रिक समाजवादका भाष्यकार विश्वेश्वर प्रसाद कोइरालाको अर्को रुपका रुपमा सिके प्रसाईलाई लिने गरिन्छ। सिके प्रसाईंको बौद्धिक सहयोगीको रुपमा ज्ञानुलाई लिने गरिन्छ।

सिके प्रसाईंको निधनपछि उनकी श्रीमती गिरिराजकुमारी प्रसाईं पनि सक्रिय राजनीतिमा आएकी थिइन्। प्रसाईंले सिके प्रसाईं चिन्तन प्रतिष्ठान स्थापना गरी नेपालमा लोकतान्त्रिक समाजवादको विचार आन्दोलनमा क्रियाशिल रहँदै आएकी थिइन्। उनी लोकतान्त्रिक आन्दोलनहरुको सबल योद्धा, समाजसेवी एवं प्रतिनिधिसभामा नेपाली कांग्रेसको प्रत्यक्ष उम्मेदवार समेत भएकी थिइन्।

प्रसाईं २०५१ सालको आम निर्वाचनमा झापाको क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीसँग १७ मतले पराजित भएकी थिइन्। तर, पार्टीकै गुटगत राजनीतिका कारण उनी पराजित भएको अहिले पनि टिप्पणी गरिन्छ ।

स्वर्गीय प्रसाईंको जन्म विसं १९८८ साल कात्तिक १७ गते ललितपुरको कुमारीपाटीमा बुबा क्याप्टेन गञ्जबहादुर र आमा चन्द्रकुमारी कार्कीका १३ सन्तानमध्ये माइली छोरीको रुपमा भएको थियो । स्वर्गीय प्रसाईंका छोरा विवेककेशरी, बुहारी संगीता, छोरीहरू रमिता र नम्रतासिंह छन् । उनका तीन नाति र दुई नातिनी रहेका छन् ।

दिवंगत प्रसाईंको आज बुधबार दिउँसो १ बजे कनकाई माईमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।उनका पति समाजवादी चिन्तक सिके प्रसाईं बीपी कोइरालाका सहयात्री थिए। स्थानियसन्देश

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय