गोबिन्द पौडेल,रोङःशिक्षक पेशालाई स्थायी बनाउन चाहने बिद्यालयका सबै शिक्षक र कर्मचारीहरुको लागि रोङमा बुधबारबाट तयारी कक्षा शुरु भएको छ । गाउँपालिका भित्रका सबै सामुदायिक बिद्यालयमा योग्यता पुगेर करार,राहत अनुदानमा कार्यरत सबै खाले शिक्षकहरुको लागि स्थायी हुनको लागि शिक्षक सेवा आयोगले तोकेको पाठ्यक्रममा आधारित रहेर परीक्षामा उतिर्ण हुनैपर्ने बाध्यात्मक प्रकृयामा गाउँपालिका भित्र रहेका शिक्षकहरुले पनि आयोगको परीक्षामा सामेल भएर पेशाको सुनिश्चितता होस भनेर रोङ गाउँपालिकाले भर्चुअल कक्षा सँचालनको लागि सहयोग गरेको गाउँपालिका अध्यक्ष समसेर राईले बताए । शिक्षकहरुलाई पेशाको सुनिश्चितता को लागिटाढा गएर तालिममा सहभागी हुन बिभिन्न कठिनाईहरु रहेकोले नेपाल शिक्षक सँघ रोङको प्रस्तावअनुसार ज्ञान पुन्ज सृजनशिल प्रतिस्ठान ईलामको सहयोग र रोङ गाउपालिका शिक्षा शाखाको आयोजनामा बुधबारबाट साझ ७ बजे देखि ८ बजेसम्म भर्चुअल कक्षा शुरु भएको नेपाल शिक्षक सघ रोङका अध्यक्ष लाखबहादुर सावाले बताए । ७० जना सहभागिता रहेको यस कक्षा लगातार एक महिना सम्म चल्ने छ । शिक्षक सेवा आयोगको तयारी कक्षामा सहभागि हुन रोङ शिक्षा शाखाले सुचना नै प्रकाशित गरि आबेदन मागेर सहभागि हुन चाहने शिक्षक तथा कर्मचारिहरुको लागि एकदिने अभिमुखीकरण तालिम संचालन गरिसकेको छ । कतिपय शिक्षकहरुले अभिमुखीकरण तालिम पछिपनि सहभागिताको लागि अनुरोध गरेकोले चैत्र १२ गते दोब्बर दस्तुर सहित आबेदन लिने ब्यवस्ता गरेको रोङ गाउपालिकाका शिक्षा शाखा प्रमुख श्रुतिकुमारी तामाङले बताईन् । ज्ञान पुन्ज सृजनशिल प्रतिष्ठानमा शैक्षक तालिम केन्द्र लगायत बिभिन्न बिधाका बिज्ञहरुरहेको प्रतिष्ठान हो,जसले बिभिन्न बिधाका तालिम,गोष्ठि सेमिनार बिभिन्न आयोगको तयारी कक्षाहरु सचालन गर्ने गरेको छ ।
रोङमा शिक्षक सेवा आयोगको तयारी कक्षा शुरु
२०७७ चैत्र १२, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
ताजा समाचार
लोकप्रिय
© 2025: ILAM KHABAR मा सर्बाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Jhapa Technical Pvt.Ltd