राष्ट्रिय परिचय पत्र सम्बन्धि अभिमुखिकरण इलामको माइजोगमाईमा सम्पन्न

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र १३, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कुमार थापा,नयाँबजारःमाइजोगमाई गाउँपालिका इलाममा राष्ट्रिय परिचय पत्र सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । बिहिबार सम्पन्न कार्यक्रममा इलामका प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्काको अध्यक्षता र गाउँपालिका अध्यक्ष जीत बहादुर राईको प्रमुख आथित्यतारहेको थियो ।
उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक नवीनराज राई ,जिल्ला प्रशासन कार्यालय इलामका प्रशासकीय्र अधिकृत हरि कुमार थापा , लेखापाल महेन्द्र चौहान, माइृजोगमाइृका प्रशासकीय अधिकृत भागवत रेग्मी , सबै वडाका वडा अध्यक्ष , वडा सचिबहरु, साथै अन्य सिफारिस गरिएका रुजु अधिकारी कर्मचारी हरुको उपस्थिति रहेको थियो । गाउँपालिकाले रास्ट्रिय परिचय पत्र बितरण गर्ने तयारी शुरु गरेको छ । उक्त कार्यक्रम चाँडै शुरु गरिने पालिकाका सुचना अधिकृत गोकुल सन्जेलले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय