
माईःमाई नगरपालिका १० लुम्बाकमा आजबाट ७ दिने उद्घोषण तालिम सुरु भएको छ ।स्थानिय सुर्योदय सामाजिक विकास संस्थाको आयोजनामा तालिम सुरु भएको हो ।संस्थाका अध्यक्ष इन्द्र तिम्सिनाको अध्यक्षता र वडा अध्यक्ष मन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा भएको तालिममा २७ जनाको सहभागिता रहेको छ ।तालिमको सहजीकरण पत्रकार पे्रम अधिकारीले गर्नुभएको छ ।युवाहरुको बक्तिृत्वकला बिकास गर्ने उदेश्यले तालिमको आयोजना गरेको आयोजकले बताएको छ ।


