गोविन्द पौडेल,रोङःईलामको रोङ गाउपालिकामा आजबाट चारदिने क्षमता बिकाश तालिम शुरु भएको छ । नेपाल आदिबासी जनजाति समन्वय परिषद रोङको आयोजना र रोङ गाउँपालिकाको सहयोगमा चारदिने प्रस्तावना ,निर्णय र प्रतिबेदन लेखन तालिम शुक्रबारबाट शुरु भएको हो । तालिममा रोङ गाउपालिकाको नौ वटा जातिय संस्थाका १८ जनाको सहभागिता रहेको छ भने तालिमको सहजिकरण पत्रकार राम योङहाङले गरिरहनु भएको छ । तालिमको उद्घाटन गर्दै नेपाल आदिबासी जिल्ला समन्वय परिषदका अध्यक्ष अभिसेक एक्तेनले तालिममा सिकेको कुरा ब्यबहारमा लागु गर्न आग्रह गर्नु भयो । तालिम सफलता पुर्वक सफल होस भन्ने शुभकामना बक्ताहरुले गरेका थिए । यसरि शुभकामना दिनेहरुमा रोङ गाउँपालिका वडा न ३ का वडा सदस्य प्रेम गुरुङ,पाथिभरा बिकाश कोषका अध्यक्ष दौलत राई, सरस्वती मा बिका प्रअ गोबिन्द पौडेल लगायत रहेका थिए । नेपाल आदिबासि जनजाति रोङ समन्वय परिषद का अध्यक्ष रंजित राईको अध्यक्षता आदिबासि जनजाति समन्वय परिषद ईलामको अध्यक्ष अभिसेक एक्तेनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वागत बिना भुजेलले गरेका थिए ।कार्यक्रमको सचालन सचिव बलबहादुर तामाङले गरेका थिए ।




