इलाम,प्रेस चौतारी नेपाल जिल्ला कमिटी इलामको जिल्ला स्तरीय भेला तथा छलफल कार्यक्रम शनिबार सम्पन्न भएको छ । इलामको इलाम नगरपालिकाको भवनमा सम्पन्न भएको छलफलले विभिन्न निर्णय पारित गर्दै भेला सम्पन्न गरेको हो ।
भेलाबाट भएका निर्णयहरुमा ५१ सदस्यीय जिल्ला कमिटी विस्तार गर्ने, आधारभूत पत्रकारिता तालिम सञ्चालन गर्ने, उम्मेद्धार छनौट समन्वय समिति, निर्वाचन व्यवस्थापन समिति, निर्वाचनका लागि आर्थिक संकलन र व्यवस्थापन समिति गठन लगायत रहेका छन् ।



उम्मेद्धार छनौट समन्वय समितिमा सटेन्द्र जवेगुको संयोजकत्वमा सदस्यहरु प्रकाश अधिकारी, भीम चाँपागाई रहेका छन् । यस्तै विमल कुमार दहालको संयोजकत्वमा सदस्यहरु रमेश पराजुली, किरण पौड्याल, भगीरथ भण्डारी, सुजता सुनुवार, ख्याम भूजेल र योगेन्द्र शंकर रहने गरी निर्वाचन व्यवस्थापन समिति समेत गठन भएको छ ।
यसैगरी निर्वाचनका लागि आर्थिक संकलन र व्यवस्थापन समितिमा भने भगीरथ भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको छ । जसमा सदस्यहरुमा अतित योङहाङ, बबिता मैनाली, बलराम बराइली र किरण पौड्याल रहेका छन् ।
प्रेस चौतारी नेपालको जिल्ला अध्यक्ष विमल कुमार दहालको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ साथै नेपालका केन्द्रीय सस्दय सटेन्द्र जवेगुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा स्वागत मन्तव्य संगठनकी सह–संयोजक सुजता सुनुवारले राखेकी थिइन् भने कार्यक्रमको सञ्चालन जिल्ला सचिव किरण पौड्यालले गरेका थिए ।

