
फिक्कल,पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ४ को पहिलो अडिसन इलामको फिक्कलबाट सनिबार सुरु भएको छ । टिन्ज डान्स क्र्यु सेन्टर धनकुटाको मुख्य आयोजनामा सुरु भएको अडिसनबाट गायन तथा नृत्य बिधाबाट प्रतिस्पर्धि हरु छानिएका छन् । फिक्कल अडिसनबाट गायन तर्फ जम्मा २६ जना र नृत्य तर्फ १२ जना दोश्रो चरणको लागि छनौट भएका छन ।
पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ३ का बिजेता तथा सिजन ४ का इलाम संयोजक प्रबिन बिसिको अध्यक्षतामा अडिसन सुरु भएको थियो । कार्यक्रममा निर्णायक मणि बर्देवा र गायक लेखु बिवसको गित गाएर कार्यक्रमको उदघाटन गरेका थिए । फिक्कलपछि इलामको बिभिन्न ठाउहरुमा समेत अडिसन हुने बिसिले जानकारी दिए ।



पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ४ को गायन तर्फको विजेताले स्कुटर रु पाच लाख बराबरको जीवन बिमा म्युजिक रेकर्डिङ गर्ने मौका पाउनेछन भने डान्स तर्फको बिजेताले पनि स्कुटर पाँचलाख बराबरको जीवन बिमा र गायत तथा नृत्य तर्फका बिजेताहरुलाई सिङ्गापुर भ्रमण गर्न पाउने आयोजकले जनाएको छ ।
फस्ट रनर अपले दुई लाख बराबरको जिवन बिमा ट्रफी मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने छन । पुर्वाञ्चलका विभिन्न जिल्लाहरुको अडिसन सके पछि मुख्य कार्यक्रम भने धनकुटामा हुने इलाम संयोजक बिसिले जानकारी दिए । कार्यक्रमको मुख्य निर्णायकहरुमा गायन तर्फ राष्ट्रिय गायक प्रमोद खरेल , बुद्धि लिम्बू तथा नृत्य तर्फको निर्णायकमा बिनु शाक्य र सुमन योगि रहने बिसिले जानकारी दिए ।