
विनु खड्का,नयाँबजारःइलामको माईजोगमाई गाउँपालिका १ को प्रेमेजुङ जङ्गलमा भएको आगलागि नियन्त्रणमा आएको छ । पशुपतिनगरको शसस्त्र प्रहरीको टोलि र सूर्योदय नगरपालिकाबाट दमकल बोलाएपनि स्थानीयको प्रयासबाटै नियन्त्रणमा लिएको सोहि ठाउँमा रहेका पत्रकार कुमार थापाले जानकारी दिए । सोमबार बिहानदेखि खरबारि सहितको जंगलमा आगोलागी हुँदा जंगल नजिकै रहेको बस्ती जोखिममा थियो ।१० घर भन्दा बढी बस्ति भेट्ने जोखिमका बिच स्थानियको सकृयतामा आगो नियन्त्रणमा आएको हो । बिहान ९ बजेबाट लागेको आगलागिले एउट गोठ नस्ट गरेको छ । गोठमा भएका बस्तुहरु भने फूकाउन सफल भएको स्थानिय मिलन खड्काले जानकारी दिए ।


