
गोबिन्द पौडेल,रोङःबिद्यालयको बार्षिक परीक्षा नजिकिदै गरेको बेला ईलामको रोङ गाउँपालिकामा एक दिने प्रश्न पत्र निर्माण सम्बन्धि कार्यशाला गोष्टि गरिएको छ।पाठ्यक्रममा निर्धारण गरेको सिकाई उपलब्धिहरु बिद्याथीको मुल्याङ्कनमा समेट्नको लागि कस्ता प्रश्नपत्रहरुबाट सम्भव रहन्छ भन्ने अनुभव आदान प्रदान गर्न कक्षा ६ देखि ८ सम्म सञ्चालित १३ वटा बिद्यालयहरुको नेपाली ,अग्रेजी ,गणित र बिज्ञान बिषयका शिक्षकहरुको लागि सञ्चालित सो कार्यक्रमा गाउँपालिका भरिका १३ वटा बिद्यालयका ३९ जना शिक्षकहरुको सहभागिता रहेको थियो ।तालिममा सैद्धान्तिक ज्ञान र एक (एक वटा नमुना प्रश्न पत्र निर्माण गरिएको कार्यशालामा अग्रेजी बिषयमा भुपाल खड्का ,नेपालीको खडानन्द ढुङ्गना ,गणितको कुमार मगर र बिज्ञान बिषयमा अञ्जली लिम्बुले सहजिकरण गरेका थिए ।
शिक्षा शाखाद्वारा आयोजन गरिएको गोष्टिको समापनमा बोल्दै गाउँपालिका अध्यक्ष शमसेर राईले तालिममा सिकेको ज्ञान बिद्यालयमा बाढेर प्रयोग गर्न आग्रह गरेका थिए ।रोङको शैक्षिक स्तर उकास्नको लागि बिषयगत तालिम ,अतिरिक्त कृयाकलाप र अनुगमनलाई प्रभावकारी रुपमा लागु गरिने र बिद्यालयका समस्या समाधानको लागि गाउँपालिका सधै सगै रहने कुरा समेत बताए ।


