माधव समूहको युवा संघले ओलीलाई दियो नेतृत्व परिवर्तनको जानकारी

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र २०, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहको युवा संघ नेपालले नेतृत्व परिवर्तन सम्बन्धी जानकारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । ७ चैतमा राष्ट्रिय भेला गरेर नयाँ नेतृत्व चयन भएको जानकारी संघले अध्यक्ष ओलीलाई दिएको हो । महासचिव दीपक जीएमले पत्र लेख्दै अदालतको फैसलाअनुसार, पुनर्स्थापित युवा संघले नेतृत्व परिवर्तन गरेको जानकारी दिएका हुन् । युवा संघको विधान, झण्डा, लोगो र छाप प्रयोग गर्ने अधिकार पनि आफूहरुसँग मात्रै भएको दावी पत्रमा उल्लेख गरिएको छ ।

पत्रमा युवा संघको झण्डा, नाम र विधान अरुले पनि प्रयोग गरिरहेकाले त्यस्तो कार्य रोक्न माग समेत गरिएको छ । ‘राष्ट्रिय युवा संघको नाममा पूर्व युवा संघ नेपालका र पूर्व वाइसीएलका केही व्यक्तिहरुले हाम्रो संगठनको झण्डा र लोगो समेत मिल्दो राखी गतिविधि गरेको भन्ने जानकारीमा आएको हुँदा त्यस्तो नगर्न÷नगराउन समेत पार्टीले निर्देशन गरिदिन हुन हार्दिक अनुरोध गर्दछौं’, पत्रमा उल्लेख छ ।

नेता नेपाल समूहका युवा संघले राष्ट्रिय भेला गरेर नरेश शाहीको अध्यक्षतामा समानान्तर कमिटी बनाएको छ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय