२० औँ बार्षिक उत्सवको अवसरमा कुमारी बैँकले गर्यो फिक्कलमा वृक्षारोपण

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र २२, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

योगेस बस्नेत,फिक्क्लःकुमारी बैँक लिमिटेडको २० औँ वार्षिक उत्सवको अवसरमा इलामको फिक्कल प्राथमिक स्वास्थ्य केन्द्रमा वृक्षारोपण कार्यक्रम गरिएको छ । सनिवार अस्पताल परिसरमा उन्नत जातका १०० विरुवा रोपण गरिएको हो । कुमारी बैँक फिक्कल साखाका प्रमुख केशव गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलका प्रमुख एव प्रतिनिधि तथा कानका माई टोल विकास संस्थाका सदस्यहरु,समाजसेवि इन्द्र लामा,फिक्कल प्रहरी चौकीका प्रतिनिधि लगायतको उल्लेख्य उपस्थिति रहेको थियो । पर्यावरणलाई सन्तुलन राख्न स्वास्थ्य वातावरण आवश्यक पर्ने भएकाले वृक्षारोपण कार्यक्रमलाई प्राथमिकता दिईएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय