पत्रकार महासंघ इलामको अध्यक्षमा भट्टराई र तिमसिनाको मनोनयन, अधिकांश पदमा निर्विरोध

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र २३,
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

इलाम,नेपाल पत्रकार महासंघ इलामको अध्यक्षमा दुई जनाले प्रतिष्पर्धा गर्ने भएका छन् । महासंघको नयाँ नेतृत्वका लागि आइतबार अध्यक्ष पदमा दुई जनाले मनोनयन दर्ता गराएका छन् । प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन र प्रेस मञ्च नेपालको संयुक्त गठबन्धनबाट युनियनका युवराज भट्टराई ९विप्लव० प्रेस संगठन नेपालका तर्फबाट सुजन तिमसिनाले मनोनयन दर्ता गराएका हुन् ।

अध्यक्षमा दुई प्यानलबाट मनोनयन दर्ता भएपनि अधिकाशं पदमा संयुक्त प्यानलको तर्फबाट मात्र मनोनयन दर्ता भएको छ । खुला उपाध्यक्षमा संयुक्त प्यानलबाट प्रेस चौतारीका ख्याम भुजेलले मनोनयन दर्ता गरेका छन् । उनी निविरोध निर्वाचित हुने पक्का भएको छ । तर निर्वाचन समितिले औपचारिक घोषणा गरेपछि मात्र निर्वाचित भएको मानिनेछ ।

महिला उपाध्यक्षमा भने दुई जनाले मनोनयन दर्ता गराएका छन् । संयुक्त प्यानलबाट प्रेस युनियनका सुनिता खालिङ राई र प्रेस संगठनका तर्फबाट बुद्धमाया सोङ्मीले मनोनयन दर्ता गराएका छन् । सचिव, समावेशी सहसचिव र कोषाध्यक्षमा संयुक्त प्यानलबाट मात्र मनोनयन दर्ता भएको छ ।

सचिवमा प्रेस चौतारीका भीम चापागाई, समावेशी सहसचिवमा प्रेस मञ्चका ज्ञानु लिम्बू र कोषाध्यक्षमा प्रेस मञ्चकै राम योङहाङको मनोनयन दर्ता भएको छ । उनीहरु पनि निर्विरोध निर्वाचित हुने पक्का भएको छ । खुला सहसचिवमा भने संयुक्त गठबन्धनबाट प्रेस युनियनका प्रेम अधिकारी र प्रेस संगठनका राजेश पराजुलीले मनोनयन दर्ता गराएका छन् ।

कार्यसमिति सदस्यहरुमा सबै संयुक्त गठबन्धनको तर्फबाट मात्र मनोनयन दर्ता भएकाले सबैको जित निश्चित भएको छ । महिला सदस्यमा प्रेस चौतारीका सुजाता सुनुवार, दलित सदस्यमा प्रेस युनियनका तीलबिक्रम दर्जी, जनजाति सदस्यमा प्रेस मञ्चका काकीराम लावती र समावेशी सदस्यमा प्रेस चौतारीका भगीरथ भण्डारीले मनोनयन दर्ता गरेका छन् ।

खुल्ला सदस्यहरुमा प्रेस चौतारीका रमेशकुमार पराजुली, गोविन्द भट्टराई र किरण पौड्याल, प्रेस युनियनका गणेश घिमिरे, लोकेन थेवे, टीका खतिवडा र बालकृष्ण बस्नेतले दर्ता गराएका छन् । पाँच जना केन्द्रीय परिषदमा तीन जना प्रेस चौतारी र दुई जना प्रेस युनियनका तर्फबाट मनोनयन दर्ता भएको छ । १२ जना प्रदेश परिषद सदस्यमा भने १५ जनाले मनोनयन दर्ता गराएका छन् ।

उम्मेद्वार उपर सोमबार दिउँसो साढे १२ बजेसम्म दावीविरोध गर्ने समय रहेको र २ बजेसम्म मनोनयन फिर्ता रहने निर्वाचन समितिका संयोजक केवशकुमार द्यौरालीले जानकारी दिए । आउँदो बुधबार नेपाल पत्रकार महासंघको सबै तहको निर्वाचन एकसाथ निर्वाचन हुँदैछ ।

नयाँ नेतृत्वका लागि इलाममा तीनवटा संगठनले गठबन्धन गरी साझा उम्मेद्वारी तया गरेका थिए । नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन, नेकपा एमाले निकट प्रेस चौतारी नेपाल र जनता समाजवादी पार्टी नेपाल निकट प्रेस मञ्च नेपालसँग नेकपा ९माओवादी केन्द्र० निकट प्रेस संगठन एक्लै चुनावी मैदानमा छ । तर संगठनले अध्यक्ष महिला उपाध्यक्ष र खुल्ला सहसचिवमा मात्र मनोनयन दर्ता गराएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय