
ईलाममा शरिरमा आगो सल्किदा महिलाको मृत्यु भएको छ । रोङ गाऊपालिका ३ मार्से कि ४८ बर्षीया मन माया राईको आगोले जलि मृत्यु भएको हो । सोमबार दिउसो ११ बजे उनि आफनै भान्सा कोठामा चिया लिन जाने क्रममा गाईको खोले पकाउने चुलोमा उनिले लगाईएको कटनको कपडामा आगो सल्किए पछि उनी घाईते भएकी थिइन् । उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड झापा लगिएको थियो ।
उक्त अस्पतालमा उपचार हुन नसके पछि राती करिब ९ बजे थप उपचारको लागी मेचि अंचल अस्पताल भद्रपुर लगिएको थियो । राईको उपचारका क्रममा मेचि अंचल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।पुर्वेलिन्युजबाट


