नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा बिपुल पोखरेल निर्वाचित

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र २८,
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

दिनेश महत,फिक्कलःनेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल विजयी भएका छन्। पोखरेलले निकटतम प्रतिद्वन्द्वी निर्मला शर्मालाई दुई हजारभन्दा बढी मतले पराजित गरेका हुन्।

महासंघको चुनावमा पोखरेलको उम्मेदवारी नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस सङ्गठन नेपाल र नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चौतारीसहित ११ सङ्गठनको तर्फबाट रहेको थियो।

अध्यक्षमा नेकपा एमालेको ओली समूह निकट प्रेस चौतारी, जनता समाजवादी निकट प्रेस मञ्च, विप्लव निकट जनपत्रकार संघ लगायतको प्यानलबाट शर्माको उम्मेदवारी थियो। त्यसबाहेक गजेन्द्र बुढाथोकीले पनि अध्यक्षमा उम्मेदवारी दिएका थिए।

यस्तै वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम र महासचिवमा रोशन पुरी निर्वाचित भएका छन्।

यस्तै खुला सचिवमा गोविन्दप्रसाद चौलागाईं, महिला सचिवमा सिर्जना अर्याल, आदीवासी जनजातीतर्फबाट सचिवमा नारायण सुन्दर किलम्बु निर्वाचित भएका छन्।

यस्तै मधेसीतर्फको सचिवमा दिपेन्द्र चौहान, दलिततर्फ सचिवमा हेमकर्ण विक, सचिव एशोसियटमा पवन आचार्य र कोषाध्यक्षमा कुलेन्द्र सेजुवाल निर्वाचित भएका छन्। उनीहरु सबै पोखरेल प्यानलबाट निर्वाचित भएका हुन्।

यसैगरी लेखा समितिको संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय