वैशाख १ गते फिक्कलमा सांगीतिक कार्यक्रमका बिच सूर्योदय इथ्नो फुड फेस्टिबल

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र ३१, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बिवेक घिमिरे,फिक्कलःपर्यटकीय नगरी सूर्योदय नगरपालिकाको फिक्कलमा नयाँ बर्ष २०७८ को अवसरमा सूर्योदय इथ्नो फुड फेस्टिबल तथा सांगीतिक कार्यक्रम हुँने भएको छ । नयाँ बर्षलाई स्वागत गर्दै आन्तरिक पर्यटन प्रर्वधन गर्ने उद्देश्यका साथ सूर्योदय नगरपालिकाको सहयोगमा सूर्योदय होटल ब्यवसायी संघको संयोजनमा आयम युनाईटेड क्लब सूर्योदय नगरपालिकाको आयोजनामा १ दिने कार्यक्रम आयोजना गरिएको हो ।

खान्दुक फुटसल क्लबको प्राङ्गडमा आयोजना गरिने उक्त कार्यक्रममा बिभिन्न सांगीतिक प्रस्तुतीहरु रहने छन् । कार्यक्रममा मंकी ट्याम्पल , क्याननहील्स ब्याण्ड सहित क्लाकार डिजे प्रेम ,समिक्षा दाहाल लगायतको सांगीतिक प्रस्तुती रहने छ । कार्यक्रममा बिट बक्सको प्रस्तुती र ग्लोवल डान्स सेन्टरको नृत्य रहने छ ।

कार्यक्रममा स्थानीय खानाका परिकारका स्टलहरु राखीने सूर्योदय होटल ब्यवसायी संघका सचिब युवराज प्रधानले जानकारी दिनु भयो । कोभिडको जोखीम कायमै रहेका कारण भारतबाट आउने पर्यटकलाई कार्यक्रममा प्रवेश नगराउने आयोजकले जानकारी दिएको छ । सचिव प्रधानका अनुसार सुरक्षाका सबै मापण्ड अपनाएर उक्त कार्यक्रम संचालन गरिने छ ।

कार्यक्रम दिउँसो १२ बजे देखि राती ८ बजे सम्म संचालन हुने छ । कोरोना भाईरस कोभिड १९ को संक्रमण पछि फिक्कलमा हुँदै आएको फुडफेस्बिल रोकीएको थियो । फुड फेस्टिबल रोकीए पछि एक दिने कार्यक्रम आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय