गोबिन्द पौडेल,पशुपतिनगरः स्वार्गिय बुवाको स्मृतिलाई जिवन्त राख्न ईलामको पशुपतिनगरमा सिडि निर्माण गरिएको छ । सुर्योदय नगरपालिका ३ रुङसुङका हर्क बहादुर राईको २०७६ भदौ २६ गते निधन भएकोमा बुवाको सझना जिवन्त राख्न राईका पाँचछोरा एक छोरि र श्रीमतीको सल्लाहअनुसार रुङसुङ लिम्बुगाउँबाट तिनतले झरना सम्म करिव एकसय मिटर लम्वाई ,एक मिटर चौडाई रहेको एकसय तेर्ह्वटा सिडि निर्माण गरिएको छोरा राजु राईले बताए ।
पछिल्लो समय पर्यटकहरुको रोजाई बन्ने गरेको उक्त तिनतले झरना जाने रुङसुङ खण्डको बाटो चिप्लो र अपठ्यारो रहेका कारण त्यहा पुग्ने पर्यटकहरुलाई सहज होस भनेर करिव एकलाख लागतमा सिडि बनाईएको र सिडि निर्माणले यात्रुहरुलाई सहज हुँदा जो कोहि यात्रुले बुवाको नाम लिने गरेको राजु बताउँछन् ।
यसरि आफ्ना दिवंगत पुर्खाको स्मृतिमा गरिने रचनात्मक कामले गाउँ र देश बिकाशमा सहयोगि मात्रै होईन उदहारणिय पनि बनेको स्थानियक्षेत्रबाट पर्यटन क्षेत्रमा कलम चलाईराखेका सचारकर्मी जिबन शर्माको धारणा रहेको छ ।
बुवाको स्मृतिमा सिँडि निर्माण
२०७८ बैशाख २४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
ताजा समाचार
लोकप्रिय
© 2025: ILAM KHABAR मा सर्बाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Jhapa Technical Pvt.Ltd