
फिक्कल,इलामका २ स्थानीय तहलाई अक्सिजन सिलिन्डर उपलब्ध भएको छ ।सान्भी इनर्जी प्रालिद्धारा संचालित जोगमाई खोला साना हाइड्रो प्रोजेक्टले सूर्योदय नगरपालिकालाई ४ थान र माईजोगमाई गाउँपालिकालाई २ थान गरि जम्मा ६ थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको हो ।
हाइड्रोपावरका प्रमुख पाल्देन काजीले आज सूर्योदय नगर प्रमुख रणबहादुर राईलाई सिलिन्डर हस्तान्तरण गर्नुभयो । हाइड्रोमा खाली रहेको सिलिन्डर भरेर स्थानीय तहलाई कोभिडको महामारी न्युनिकरणका लागि सहयोग गरिएको काजीले बताउनुभएको छ ।
हाइड्रोबाट प्राप्त सिलिन्डरलाई नेपाल भारत सिमामा रहेको पशुपतिनगर प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापना गरिएको १० बेडको प्राथमिक आइसोलेनमा प्रयोग गरिने नगर स्वास्थ्य निरिक्षक बिपुल अधिकारीले जानकारी दिनुभएको छ । नगरपालिकासंग सानो साइजको ८ वटा अक्सिजन सिलिन्डर रहेको अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार ४ वटा कोभिडका लागि प्रयोग गरिने र बाँकी रहेको फिक्कल प्राथमिक स्वास्थ्य केन्द्र र पशुपतिनगर प्राथमिक स्वास्थ्य केन्द्रमा प्रयोग गरिने छ ।



नगर क्षेत्रका व्यक्ति वा संस्थासंग अक्सिजनको खाली सिलिन्डर भएका कोभिडको महामारी नियन्त्रणका लागि फिर्ता गर्ने शर्तमा उपलब्ध गराइदिन वडा नं १० का वडाध्यक्ष पेमा उगेन लामाले आग्रह गनुृभयो । नगर क्षेत्रमा आज पशुपतिनगरबाट ६ जना र फिक्कलबाट १२ जनाको स्वाब संकलन गरि परिक्षणको लागि पठाइएको छ