नयाँबजार,प्रविधिको तिव्र विकास भैरहँदा इलामको माईजोगमाई गाउँपालिकामा फ्रि वाइफाइ विस्तार सुरु गरिएको छ । आगामी २ बर्षसम्म निःशुल्क ब्रोडब्यान्ड सहितको फाइवर नेट विस्तार गर्ने नेपाल सरकारको निति बमोजिम काम शुरु गरिएको हो । गाउँपालिकाका अनुसार, इन्टरनेट प्रत्येक वडा कार्यालय, गाउँपालिका कार्यालय, माध्यमिक विद्यालय, प्रत्येक स्वास्थ्य केन्द्रमा जडान गर्ने कार्य भइरहेको छ ।गाउँपालिकालाई प्रविधिमैत्री बनाउनका लागि फाइबर विस्तारको काम तिव्र बनाइएको गाउँपालिका अध्यक्षका स्वयिक सचिव सञ्जिव थामीले जानकारी दिए ।




