
फिक्कल,इलाममा एक ब्यक्ति मृत फेला परेका छन् । सूर्योदय नगरपालिका–१ र माईजोगमाई गाउँपालिका–२ को सिमानामा पर्ने भोटेसाँघुमा एकजनाको शव फेला परेको हो । जोगमाईखोला नजिकै रहेको पोखरीमा डुबेको अवस्थामा अन्दाजी ५० वर्षीय स्थानीय हर्कबहादुर थामीको शव फेला परेको पत्रकार चन्द्रकान्त पौडेलले बताउनु भएको छ ।
आइतबार साँझ घरबाट बाहिर हिँडेका हर्कबहादुर सोमबार बिहान ७ बजे पानीमा डुबेको अवस्थामा स्थानीयले मृत अवस्थामा फेला पारी प्रहरीलाई खबर गरेका थिए। मुचुल्का गरी शव पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र फिक्कल ल्याईएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देउप्रसाद लिम्बुले जानकारी दिनुभएको छ ।


