
फिक्कल,महामारीका रूपमा फैलिएको कोभिड–१९ को दोस्रो लहरमा हालसम्म इलामका ३६२ जनामा संक्रमण देखिएको छ । मंगलबार इलाम नगरपालिकामा ७, सूर्योदय नगरपालिकामा ३ र चुलाचुली गाउँपालिकामा १ गरि ११ संक्रमित थपिएसंगै १४८ महिला र २१४ पुरुष गरि कुल संक्रमित संख्या ३६२ पुगेको हो । हालसम्म ३३ जनाले रोगलाई परास्त गरेका छन् भने संक्रमणका कारण १४ जनाले ज्यान गुमाएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।


