उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य इलामका सरोज गदाल घर फर्किए

द्वारा प्रकाशित गरिएको हो |
२०७८ जेष्ठ १४, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

फिक्कल,उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य इलामका सरोज गदाल घर फर्किएका छन् । इलामको सूर्योदय नगरपालिका वडा नम्बर ९ घर भएका गदाल कोरोना संक्रमित भएर झापाको बिर्तासिटी अस्पतालमा गत बैशाख २५ गते भर्ना भए । उनी उपचार पस्चात निको भईसकेका भएपनी उपचार बापत लागेको खर्च तिर्न नसक्दा एकसाता यता अस्पतालमै बस्न बाध्यरहेका थिए ।

उनलाई एक हप्ता अघि अस्पतालले डिस्चार्ज दिएको तर उपचारमा लागेको पैसा बुझाउन नसक्दा अस्पतालमै बस्न बाध्य भएका हुन । घरको आर्थिक अवस्था कमजोर रहेका कारण २ लाख उपचार खर्च मध्ये १ लाख ६० हजार रुपैया रकम भुक्तान गर्न नसक्दा घर फर्कन पाएका थिएनन् ।

४० हजार बराबर रकम भने वडा नं ९ का अध्यक्ष देबेन्द्र शर्माको पहलमा संकलन गरि अस्पताललाई बुझाईएको पिडितका आफन्तले बताएका छन् । उनलाई घर फर्काउन इलामका समाजसेवी युवाहरुको सकृयतामा सरोज गधाल घर फर्काउ अभियान संचालन गरि सहयोग रकम संकलन शुरु भएको थियो ।
रेडियो बुद्धबाणी एफ।एम का संचालक दिनेश महतको सम्योजकत्वमा अभियान्ताहरु दुर्गा सुबेदी , प्रदिप खड्का , कुशुम दाहाल , धनहाङ लिम्बु , सुमन बेगा लिम्बु लगायतको टिम रकम जुटाउने अभियानमा लागेका थिए । सरोजले उपचार बापत अस्पातललाई तिर्नुपर्ने रकम संकलन भएपछि आज घर फर्काईएको अभियान्ता महतले जनाउनुभएको छ।

नागरिकको गाँस बास कपास र स्वास्थ्य सुरक्षाको ग्यारेन्टि राज्यले लिनुपर्छ तर देशको अब्यवस्थित राजनितीक अवस्थाका कारण थुप्रै नागरिक भोकमरी र गरिबीले मरिरहेका छन् । अस्पतालमा उपचार खर्च तिर्न नसक्दा सरोज छटपटिएको समाचार इलामका अधिकांश मिडियाले प्राथमिकताका साथ सम्प्रेषण गरे । तै पनि स्थानिय देखि प्रदेश सरकार सम्मले चासो नदेखाउँदा उनको अवस्था कहालिलाग्दो बनेको थियो । रेडियो बुद्धवाणीले समाचार सम्प्रेषण मात्र गरेन कार्यक्रम बुद्धबाणी विशेषमा पिडितका समस्या,सरकार प्रतिको अनुरोध प्रसारण भए तै पनि उनको गुनासो सुन्ने निकाय भेटिएन ।

यो विषम परिस्थितिमा रोग र भोकबाट आफै जागिन असहज भैरहेका बेला नागरिकस्तरबाट यति थेरै सहयोग संकलन हुनु सामान्य विषय होईन यस्का लागि सहयोगि मन सबैलाई अभियान्ताहरुले विशेष आभार ब्यक्त गरेका छन् । उनिहरु भन्छन्,“अब यो टिमले फेरी अर्को अभियान चलाउने छ जहाँ, यस्तै समस्यामा परेका विपन्न गरिब र असाह्यहरुलाई सहयोग मिल्नेछ ।”
अस्पताललाई रकम बुझाएर विरामीलाई घर फर्काईए पनि सहयोग संकलनका निम्ति वाणिज्य बैकमा खोलिएको खातामा कति रकम जम्मा भयो, यकिन भै नसकेको र चाँडै हिसाब शार्वजनिक गरिने बताईएको छ ।

यिनै युवाको सकृयतामा माईजोगमाइ गाउँपालिका वडा नं ५ का पुर्ण लिम्बुको घर यस अघि नै बनाई सकिएको छ । आर्थिक अवस्था कमजोर रहेका लिम्बुका लागि ३ कोठे जस्तापाताले बनेको घर यसैगरि अभियान चलाएर निर्माण गरिएको थियो । कोरोना भाईरसका कारण निर्माण भएको घर हस्तान्तरण गर्न नसकिएको अभियान्ता प्रदिप खड्काले जनाउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय