सूर्योदय र माईजोगमाईका प्रमुखसहित ५६ जनप्रतिनिधि एकिकृत समाजवादीमा

द्वारा प्रकाशित गरिएको हो |
२०७८ भाद्र २१, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलाम,झलनाथ खनालको निर्वाचन क्षेत्रमा पर्ने सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई र माइजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राई सहित जिल्लाका ५६ जना स्थानीय तहका जनप्रतिनिधिले नेकपा एकिकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् । उनीहरुले आज जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भएर हस्ताक्षर गरेका हुन् ।

सूर्योदय नगरपालिकामा एमालेबाट निर्वाचित एक जना वडाध्यक्ष र उपप्रमुखबाहेकका ४३ जनाले समाजवादीमा रहने गरी सनाखत गरेका छन् । देउमार्ई नगरपालिकाका एक जना वडा सदस्य हेम लिम्बू, इलाम नगरपालिका, माङसेबुङ गाउँपालिकाको सदस्य समेत खनाखत गर्ने ५६ जनामा रहेको बताइएको छ ।

खनाखत गर्नेहरुको पूर्ण विवरण भने आइसकेको छैन । यसअघिनै प्रदेश सांसद खिनु लङ्वाले समाजवादीमा रहने गरी हस्ताक्षर गरिसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय