फिक्कलः इलामको सूर्योदय नगरपालिकामा रोड रेस ९म्याराथन० सम्पन्न भएको छ । विगत बर्ष झैँ यसपटक पनी संविधान दिवसको अवसरमा पर्यटकीय क्षेत्र कन्यामबाट फिक्कलसम्म ५ किलोमिटर रेस सम्पन्न भएको हो । ओलम्पियन बैकुण्ठ मानन्धरको प्रमुख आतिथ्यतामा भएको रेसमा खुल्ला तर्फ रुपेश राई विजेता भएका छन् ।
विवेक राई द्धितिय, दिवस राई तृतिय र गणेश मगरले सान्तवना पुरस्कार पाए । महिला तर्फ मनिका घले प्रथम, भावना थुलुङ द्धितिय, काजुना राई तृतिय र चाँदनी राईले सान्तवना स्थान हासिल गरिन् । ४० बर्षमाथिको भेट्रानको उपाधि सन्जिव कार्कीले हात पारे । रणविर राई द्धितिय, नारायण कटुवाल तृतिय र विकास फागुले सान्तवना स्थान हासिल गरे ।
विजेताहरुलाई ओलम्पिय मानन्धर, गीतकार बुद्धविर लामा र नगर प्रमुखले प्रमाणपत्र एवम नगद पुरस्कार हस्तान्तरण गरे । रेसमा २ सय भन्दा बढिले सहभागिता जनाएका थिए । पुरस्कार वितरण समारोहमा बोल्दै मानन्धरले खेलकुदले सभ्य र असल नागरिक जन्माउने भएकाले सरकारले खेलाडीको निम्ति ध्यान दिनुपर्ने बताए ।
उनले अझै पनि सरकारले खेल र खेलाडीको विषयमा गम्भिर बन्न नसकेको बताए । संविधानलाई केही शक्तिहरु टुक्राउन लागेको उल्लेख गर्दै मानन्धरले सवै नेपालीले संविधानको रक्षामा लाग्नुपर्ने बताए । सूर्योदयले हरेक बर्ष संविधान दिवसको अवसरमा कन्याम देखि फिक्कलसम्म रोड रेड आयोजना गर्दै आएको छ ।