झापामा नेत्रहीन विद्यार्थीका लागि दैनिक एक रुपैयाँ संकलन अभियान प्रभावकारी

द्वारा प्रकाशित गरिएको हो |
२०७८ आश्विन ३, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापाःनेत्रहीन विद्यार्थीको सहयोगार्थ आदिवासी जनजाति नेत्रहीन संघ झापाले दैनिक एक रुपैयाँ रकम संकलन अभियान चलाएको छ। संघमा आवद्ध सदस्यहरूबाट एक रुपैयाँ संकलन गर्दै छात्रवृत्ति कोष खडा गरिएको संघका अध्यक्ष भोजकुमार तामाङले जानकारी दिए।

संघले २०६७ सालमा देउसी भैलो खेलेर ४० हजार रुपैयाँ संकलन गरी नेत्रहीन विद्यार्थीका लागि छात्रवृत्ति कोष स्थापनाका गरेको थियो। सोही अभियानलाई निरन्तरता दिँदै हाल छात्रवृत्ति कोषमा एक लाख ३५ हजार रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको अध्यक्ष तामाङले जानकारी दिए। झापा जिल्लाभरिबाट संघमा १०० जनाभन्दा बढी आबद्ध छन्।

संघले आफ्नो ११औं स्थापना दिवसको अवसरमा कनकाई नगरपालिकास्थित सुरुङ्गामा कार्यक्रम गरी तीनजना नेत्रहीन विद्यार्थीलाई छात्रवृत्ति र शैक्षिक सामग्री वितरण गरेको छ। कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कोषलाई १० हजार रुपैयाँ प्रदान गरेका छन्।

त्यस्तै‚ कलाकार तथा पत्रकार आइपी भट्टराईले दैनिक एक रुपैयाँका दरले सात वर्षको रकम र सहायक वन अधिकृत दिनेश यादवले नगद २५ सय रुपैयाँ कोषलाई दिएका छन्। थाहाखबरबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय