माईजोगमाई गाउँपालिकाद्धारा ११ परिवारलाई २ लाख ४० हजार राहत वितरण

द्वारा प्रकाशित गरिएको हो |
२०७८ आश्विन ९, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नयाँबजारःइलामको माईजोगमाई गाउँपालिकाले विपदका परेका र गम्भिर प्रकृतिका विरामीहरुलाई आर्थिक सहयोग गरेको छ । गाउँपालिकाले कार्यपालिकाबाट निर्णय भएको ११ परिवारलाई २ लाख ४० हजार रुपैया राहत दिएको हो ।

गाउँपालिकाले आगलागीबाट क्षति पुगेका ३ परिवार, पहिरो पिडित २ परिवार र क्यान्सर पिडित ६ जनालाई आर्थिक सहयोग गरेको थियो । गाउँपालिकाले आगलागीका कारण आर्थिक क्षति व्यहोरेका धनबहादुर र बिमला राईको परिवारलाई ४० हजार रुपैया सहयोग गरेको छ ।

त्यसैगरी आगलागीबाट क्षति व्यहोरेका हर्कबहादुर खालिङको परिवारलाई ४० हजार र कुल प्रसाद भट्टराईको परिवारलाई २० हजार रुपैया सहयोग गरेको छ । पहिरो पिडित दुर्गा थापालाई ३० हजार र हर्कबहादुर दर्जीलाई २० हजार रुपैया सहयोग गरेको हो ।विभिन्न रोगबाट पिडित गितादेवी खड्का, तेजबहादुर प्रधान, बुद्धविर गुरुङ, वीर बहादुर अधिकारी, भीम राई र दोर्जी शेर्पालाई जनही १५ हजार रुपैया सहयोग प्रदान गरिएको हो ।

गाउँपालिका अध्यक्ष जीतबहादुर राईले पिडित परिवारलाई राहत स्वरुप आर्थिक सहयोग हस्तान्तरण गरे । आर्थिक सहयोगपछि बोल्दै गाउँपालिका अध्यक्ष जीतबहादुर राईले जनताको सेवा नै जनप्रतिनिधिको मुल धर्म भएको बताए । उनले गाउँपालिकाले विपदमा परेकाहरुको सहयोगको लागि कोष बनाएर सहयोग गर्दै आएको जानकारी दिए ।

स्थानियसन्देशबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय