
फिक्कलःश्री कृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति इलामको आयोजनामा इलामको फिक्कलमा बिशेष जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । श्रीकृष्ण प्रणामी मन्दीर फिक्कलको सत्संघहलमा बिशेष उद्घाटन सत्र सम्पन्न भए सँगै चोकबजार सम्म शाकाहारी बनौ, बलि प्रथाको अन्त्य गरौ, बन वातावरणको संरक्षण गरौँ हरेक क्षेत्र सरसफाई राखौ भन्ने नारा सहितका बिभिन्न प्ले कार्ड बोकेर र्याली चोक बजार सम्म पुगेको थियो । चोकबजारमा आयोजित कोडसभामा बोल्दै परिषदका पुर्व केन्द्री्रय अध्यक्ष मात्रिका प्याकुरेलले सबै प्राणीको बाँच्न पाउने अधिकार भएकाले बलि प्रथाको अन्त्य गर्दै पशुअधिकारको पनि रक्षा गर्नुपर्नेमा जोड दिनु भयो । र्यालीमा परिषदमा आबद्ध युवाहरु अग्रज लगायतको उल्लेखिय उपस्थीति रहेको थियो ।
फिक्कल मन्दीरको सभाहलमा भएको कार्यक्रममा परिषद केन्द्रीय अध्यक्ष जगदिश चन्द्र शर्माले हरेक घरमा दराज फर्निचर बेड सबै राम्रो सगँ सेट गर्ने गरेपनि दिमाग सहि ढगँले सेट नहुदा समस्या भएकोले दिमाग सहिरुमा सेट गर्न आहार विहार आचरण सहि हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा परिषद प्रदेश नम्बर १ का अध्यक्ष अनिल ढुगांगानाले युवामा प्रेम शक्ति जागेमात्र समाज सहिबाटोमा अगाडी बढने भएकोले श्रीकृष्ण प्रणामी युवा परिषद सबै युवालाई सकरात्मक जागरणमा डोराउन अग्रसर बनेको बताउनु भयो । सन्त आनन्द सागर महारज प्रदेश १ सचिव खगेन्द्र बाँस्तोला केन्द्रीय सदस्य राजु कट्टेल, मदन अधिकारी दीपक, दिनेश दाहल ,ब्र्ह्मकुमारी राज योग बाट दुर्गा काफ्ले ,सेवा समिती अध्यक्ष तीर्थ आचार्य मन्दिर सचिव मिलन राई,प्रेम कट्तेल असोक राई चितवन जिल्ला युवा परिशद अध्यक्ष वसन्त अधिकारी लगायतको उपस्थीतिमा भएको कार्यक्रम परिषद इलामका अध्यक्ष शेखर भटटराईको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन दिपेन्द्र आचार्यले गर्नु भएको थियो ।


