समुह चरणको आफ्नो अन्तिम खेलमा आज इलामको रोङ गाउँपालिकाले सिमिकोटको सामना गर्दै

द्वारा प्रकाशित गरिएको हो |
२०७८ कार्तिक ९, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामःउपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा इलामको रोङ गाउँपालिकाले हुम्लाको सिमिकोट गाउँपालिकासंग प्रतिस्पर्धा गर्दैछ । एन्फा कम्प्लेक्समा जारी प्रतियोगिताले रोङले समुह चरणको आफ्नो अन्तिम खेलमा सिमिकोटको सामना गर्न लागेको हो ।

यसअघि पहिलो खेलमा काठमाण्डौलाई बराबरीमा रोक्दै रोङले १ अंक बटुलेको छ । सिमिकोटले पहिलो खेल खेल्दैछ । यसअघि गत ५ गते सिमीकोट र काठमाडौंबीच प्रतिस्पर्धा हुने तय भए पनि प्राविधिक समस्याका कारण खेल ११ गतेलाई सारिएको छ। रोङले विभागीय टोलीका ४ जना खेलाडीलाई आफ्नो टिमबाट खेलाएको छ ।

एउटा टिमले ४ जनासम्म विभागीय खेलाडीसमेत अनुबन्ध गरेर सहभागी हुन पाउने नियम एन्फाले बनाएपछि अहिले रोङ गाउँपालिकाले नेपाली राष्ट्रिय टोलीका सदस्य दिपा राई, इन्दिरा राई र बिमला बिकलाई सहभागी गराएको छ । उनीहरु त्रिभुवन आर्मी क्लबमा आवद्ध छन् । त्यसैगरी शसस्त्र प्रहरीको एपिएफ टिमको दोश्रो रोजाईकी गोलरक्षक रुपा राना मगरलाई गोलपोष्टको जिम्मा दिएको छ । खेल आज ३ बजे हुनेछ । त्यसैगरी आज नै भक्तपुर नगरपालिका र पुतलीबजार नगरपालिका तथा देवचुली नगरपालिका र जानकी नगरपालिका समेत प्रतिस्पर्धा गदैैछन् । प्रत्येक समुहको बिजेताले नकाउट चरणमा स्थान बनाउनेछ ।

प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेको छ । प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् । यस्तै प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान २०र२० हजार पाउने छन् । स्थानियसन्देशमा नमिन ढकालले लेख्नुभएको समाचार साभार

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय