नेशनल लाईफ ईन्स्योरेन्सको पारिश्रमिक योजना सार्वजनिकिकरण तथा सम्मान कार्यक्रम

द्वारा प्रकाशित गरिएको हो |
२०७८ कार्तिक १३, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

प्रविन बिसी,फिक्कलः नेशनल लाईफ ईन्स्योरेन्स कम्पनि लिमिटेड सूर्योदय शाखाले पारिश्रमिक योजना सार्वजनिकिकरण तथा सम्मान कार्यक्रम सम्पन्न गरको छ । फिक्कल शाखाका प्रमुख हेमन्त आचार्यको अध्यक्षता एवं ईटहरी शाखा प्रमुख भोजमान श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा ईलाम साखा प्रमुख दतात्रय दाहाल र फिक्कल शाखाका पुर्व अध्यक्ष अशोक बस्नेतको विषेश आतिथ्यता रहेको थियो । कार्यक्रममा कम्पनीका अभिकर्तालाई आर्थिक बर्ष २०७८⁄ ०७९ को बिमा सम्वन्धि परीमार्जीत नियम बारे जानकारी गराइएको थियो ।

पछिल्लो समय बिमाको क्षेत्रमा व्यापकता ओगट्दै गएको यस कम्पनिले सूर्योदय नगरपालीकामा रहेर कार्य गर्दै आईरहेका आफ्ना अभिकर्ताहरुलाई सम्मान गरको छ । सम्मान पाउनेमा व्यक्तिगत कोड बाट रञ्जित खवास प्रथम,योजना कुँवर द्धितिय,दिपेश राई तृतिय र पुष्पलाल आचार्य चौथो भए । सञ्जाल तर्फबाट श्रीपना राई प्रथम,सिद्धि प्रसाद तिम्सिना द्धितीय, सुशिला तामाङ तृतीय भएका छन् ।

कम्पनिले त्रयमासीक व्यवसाय तर्फ रुविना थापालाई सम्मान गर्दे भर्खरै दाम्पत्य जिवन सुरु गरेकि योजना कुँवरलाई वैवाहिक जीवनको शुभकामना ब्यक्त गरेको छ ।

कम्पनिका अभिकर्ता सिद्धि प्रसाद तिम्सिनाले स्वागत मन्तव्य राखेको कार्यक्रममा बोल्दै प्रमुख अतिथी भोजमान श्रेष्ठले नयाँ अभिकर्ताहरुको पारिश्रमिक सम्बन्धमा जानकारी गराए । नाफा मात्र सबै नभएकाले समाज कल्याणका लागी समेत विमाले भुमिका खेल्ने गरेको उनले बताएका छन् । विमा जोखीम बहन गर्ने शसक्त माध्यम र बचत गर्ने बानी समेत भएकाले महत्व बुझेर काम गर्नुपर्ने सुझाएका छन् ।

इलाम जिल्ला शाखा प्रमुख दतात्रय दाहालले अझै पनी मानिसले विमाको महत्व र आवश्यक्ता बुझिनसकेकाले सचेतना फैलाउन जरुरी रहेको बताए । अभिकर्ताले विमित संगको सम्बन्ध सुमधुर बनाएर एकअर्कामा सहकार्य गर्दै अधिकतम काम गर्न लाग्नुपर्ने उनको भनाई छ । कम्पनीले विभिन्न प्रकारका अफर तथा सेवा सुविधा ल्याएकाले चाडपर्वको अवसरमा आएको छुट जनमानस सम्म पुर्याउन र विमाको लाभ लिन सुझाव दिईएका छन ।

विशेष अतिथी अशोक बस्नेतले केही पुर्व अध्यक्षहरुले लथालिंङ्ग बनाएको कम्पनिलाई यो अवस्थामा ल्याउन निक्कै र्संंंघर्ष गर्नु परेको र अहिले कम्पनि राम्रोसँग अगाडि बडेको बताए । पुर्व अध्यक्ष समेत रहेका बस्नेतले वर्तमान शाखा प्रमुख हेमन्त आचार्य जुझारु र मिहेनती रहेको सुनाउँदै सबैले साथसहयोग गर्दै कम्पनीको वृत्तिविकास गरिनुपर्ने बताएका छन् ।

सम्मानितको तर्फबाट बोल्दै अभिकर्ता पुष्पलाल आचार्यले विभिन्न जटिलताका बिच काम गर्नुपरेपनी कम्पनीले सम्मान गर्दा थप ऊर्जा मिलेको बताए । अन्योलको अवस्थाबाट शुरु गरेको भएपनी आजसम्म थुप्रै उपलब्धि हाँसिल गरेको जनाएका छन् । संस्थाको निती नियम र निर्देशन बमोजिम अधिकर्ताले काम गर्नुपर्ने भन्दै उक्तकुरामा आफुहरु प्रतिबद्ध रहेको बताएका छन् । सञ्चारकर्मी तथा अभिकर्ता मनोज अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रम फिक्कल लाप्चा सभाहलमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय