सूर्योदय–३ मा नेकपा एकिकृत समाजवादीको वडा कमिटी र युवा संघको नेतृत्व चयन

द्वारा प्रकाशित गरिएको हो |
२०७८ कार्तिक १४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलः नेकपा एकिकृत समाजवादी सूर्योदय नगरपालिका–३ को अध्यक्षमा वाङ्दी तामाङ चयन भएका छन् । हिजो भएको वडा भेलाले तामाङको नेतृत्वमा ४१ सदस्यीय वडा कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा लक्ष्मी राई, सचिव खगेन्द्र भट्टराई, सहसचिव दिनेश तामाङ र गोविन आचार्यलाई चयन गरेको छ ।

त्यसैगरी हिजो नै सुन्दर राईको नेतृत्वमा ५१ सदस्यीय युवा संघ नेपाल समेत चयन गरिएको छ । युवा संघको उपाध्यक्षमा भरत तामाङ, सचिव हिकश राई, सहसचिव योगेश राई र कोषाध्यक्ष विनु राई चयन भएका छन् । वडा नम्बर ३ का इन्चार्ज लाकेल लामाको अध्यक्षतामा भएको भेलाको प्रमुख अतिथि नेकपा ९एकीकृत समाजवादी० केन्द्रीय सदस्य तथा प्रदेश नम्बर १ प्रदेश सभा सदस्य खिनु लङ्वा लिम्बू रहेकी थिइन् ।

कार्यक्रममा नेकपा ९एकीकृत समाजवादी० इलाम जिल्ला कमिटी उपाध्यक्ष तथा जिल्ला समन्वय समिती ईलाम उपप्रमुख चित्रकला बराईली र जिल्ला कमिटी सचिवालय सदस्य तथा सुर्योदय नगरपालिका प्रमुख रण ब राईको बिशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सुर्योदय नगर कमिटी इन्चार्ज तारा नेपाल, नगर कमिटी अध्यक्ष कमल गदाल, नगर कमिटी सचिव लता अधिकारीको आतिथ्यता रहेको जनाइएको छ ।localsandesh

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय