
इलामःनेकपा माओवादी केन्द्र माई नगरपालिकाको अध्यक्षमा धनकुमार लिम्बु निर्वाचित भएका छन् । नमुना सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा सम्पन्न प्रथम नगर अधिवेशनले लिम्बुको नेतृत्वमा ६५ सदस्यीय नगर समिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
उपाध्यक्षमा रञ्जना थापा, विनोद नेम्वाङ र सन्तोष लोक्ताम चयन भएका छन् । सचिवमा चक्र कटुवाल, सहसचिव समीर राई र कोषाध्यक्षमा युवराज ढकाल रहेका छन ।



सदस्यहरूमा।तेजबहादुर घिमिरे, रुद्र आले, ठग बहादुर खाती, ज्ञान ब। गुर्वछान, धनकुमारी राई, यसोदा गिरी, यज्ञप्रसाद बास्तोला, विष्णुकुमारी मगर, सोमरानी तामाङ, गणेश कुमारी मगर, सुनिता तामाङ, कल्पना राई, ललिता महते, चन्द्रदेवी राई, हिमा बराइली, अमृता पाख्रिन, केशरी बि।क रहेका छन् ।
अन्य सदस्यहरुमा अम्बर ब।बराइली, खेमराज पौड्याल, हरि प्रसाद कट्टेल, सन्त बहादुर मोक्तान, सन्तोष कुमार राई, वीर बहादुर बस्नेत, लेख बहादुर मगर, विमल राई, जीत बहादुर लोक्ताम, दुर्गा कुमार राई, लक्ष्मी पौड्याल, जंगबहादुर बस्नेत, लोकबहादुर राई, नारायण बुढाथोकी, डम्बर बुढाथोकी, रानी बहादुर नेम्वाङ, मंजिल नेम्वाङ, बुद्धिमान चेम्जोङ, नमिन ढकाल, रोमनाथ ढकाल, निलहरी चम्लागाई, देवीप्रसाद आचार्य, मुकुन्द आचार्य, काशीनाथ पौड्याल, यदुनाथ दुलाल रहेका छन् ।
अन्य सदस्यहरुमा युवराज राई मन बहादुर राई, राज राना मगर, नर बहादुर आले, टीका प्रसाद राई, नरेन्द्र राई, वीर बहादुर लिङ्देन, रूप प्रसाद कुरुङबाङ, टीकाराम गिरी, प्रेम कार्की, कमल कार्की, कमल गिरी, दिनेश राई, दिलीपकुमार भण्डारी, धर्मकुमार चिमरिया, नगेन्द्र लुङ्गेली रहेका छन् ।
नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई जिल्ला समन्यव समिति सचिवालय सदस्य दिपक सिञ्चुरीले गोपनियताको सपथ ग्रहण गराएका छन् ।
माओवादी केन्द्र माईजोगमाईमा कुविरमान
नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र ० माईजोगमाई गाउपालिकाको अध्यक्षमा कुबिरमान राई निर्विरोध निर्वाचित भएका छन् । आज सम्पन्न प्रथम गाउँ अधिवेशनबाट राईको नेतृत्वमा ५४ सदस्यीय गाउँपालिका कमिटी गठन भएको हो ।
उपाध्यक्षमा मतदान प्रक्रियाबाट झुलेन्द्र पौडेल प्रेम तामाङ र भविन खत्री निर्वाचित भएका छन । उपाध्यक्ष पदका आकांक्षीहरु झुलेन्द्र पौडेल ,प्रेम तामाङ्ग,लभविन खत्री,राजु राई र वीर बहादुर बिश्वकर्माले दाबी गरेपछि निर्वाचन भएको थियो ।
सचिवमा देविभक्त शिवाकोटी सहसचिव बिनिन भट्टराई र कोषाध्यक्षमा देविमाया राई निर्विरोध चयन भएका छन् । गाउँपालिका समितिमा २० प्रतिशत युवा ३५ सदस्यीय महिला र ४५ प्रतिशत अन्यको सहभागिता रहेको छ ।
माईजोगमाई गाउपालिकाबाट २ जना प्रदेश प्रतिनिधि नेकपा माओवादी केन्द्र इलाम जिल्ला सम्वन्वय समिती सचीव बिजय खम्बु ९तेजबहादुर राई० र नेकपा माओवादी केन्द्र इलाम जिल्ला समन्वय समिति सदस्य गन्जु प्रधान निर्विरोध चयन भएका छन ।
नेकपा माओवादी केन्द्रका माईजोगमाइ गाउपालिका निवर्तमान अध्यक्ष कुबिरमान राईको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र इलाम जिल्ला समन्वय समितिका सचिव बिजय खम्बुको प्रमुख आतिथ्यता रहेको थियो ।
नेकपा माओवादी केन्द्र जिल्ला सम्वन्य समिति सदस्य गन्जु प्रधान एकीकृत समाजवादी इलाम जिल्ला सदस्य तथा माईजोगमाई गाउपालिका अध्यक्ष जितबहादुर राइ विशेष अतिथी रहेको कार्यक्रमको प्रमुख अतिथिले द्विप प्रज्वलन गरेर उद्घाटन गरेका थिए ।
गाउँ कमिटी सदस्य झुलेन्द्र पौडेलले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमका प्रमुख अतिथि बिजय खम्बुले नयाँ कार्यदिशाबाट पार्टी अगाडी बढ्न यो अधिवेशनबाट महत्वपुर्ण भुमिका रहने बताए ।
माईजोगमाई गाउपालिकामा माओवादी पार्टी १ नम्बरको पार्टी बनाउन स्थानिय तहमा सबै नेता कार्यकर्ता लाग्नु पर्ने उनले बताए । माओवादी केन्द्रको एजेन्डा स्थापित गरे पनि कार्यन्वयन गर्न सबै लाग्न खम्बुले जोड दिए ।
केपि ओलीले नेकपा हुदा गणतन्त्रलाई तहसनहस गरेको आरोप उनले लगाए । माईजोगमाई गाउपालिका अध्यक्ष जितबहादुर राईले नयाँ क्रान्तिकारी बिचार धाराहरु एक भएर लाग्नु पर्ने बताए ।
राईले एकीकृत समजवादी र माओवादी केन्द्र सधै संगै सहकार्य गरेर जाने समेत बताए । माओवादी केन्द्रका जिल्ला समन्वय समिती सदस्य गन्जु प्रधानले नयाँ रणनीतिका साथ अगाडि बढेर धेरै बिषयलाई रुपान्तरण गरेर पार्टीलाई चुनावमा एक नम्बर पार्टी बनाउन सबै लाग्नु पर्ने बताए ।
कार्यक्रमामा नेकपा एमालेका माइजोगमाई गाउँ पालिका पार्टी सचिव राजिब भट्टराई तथा नेपाली काङ्ग्रेस माईजोगमाई गाउपालिका वडा न १ का अध्यक्ष निर्मल निरौलाले शुभकामना मन्तव्य राखेका थिए ।
प्रथम अधिवेशनमा सहिद तथा द्वन्द्वकालमा पार्टीलाई योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमको संचालन नेकपा माओवादी केन्द्र माईजोगमाई गाउकमिटी सचीव देविभक्त शिवाकोटीले गरेका थिए ।
स्थानियसन्देशबाट