
फिक्कलःइलामको सूर्योदय नगरपालिका वडा नं १२ मा नेपाल कम्यूनिष्ठ पार्टी एकिकृत समाजवादी को वडा कमिटी गठन भएको छ । तारा कुमार राईको अध्यक्षतामा ५१ सदस्य कमिटी निर्माण गरिएको नगर कमिटी सदस्य शृजना राईले जानकारी दिनुभएको छ ।
नव गठित कमिटीको उपाध्यक्षमा रमेश गर्तौला,मंगल सिहं लाप्चा, सचिवमा मान बहादुर राई,सह सचिवमा कविता राई र गंगाधर प्रधान चयन हुनु भएको छ। आजको भेलाले ४६ सदस्य कमिटी तयार गरेको र बाँकीलाई मनोनयन गरिने बताईएको छ ।



केन्द्रिय कमिटी सदस्य तथा प्रदेश नं १ की साँसद खिनु लुङ्वा लिम्बुको प्रमुख आतिथ्यता साथै जिल्ला कमिटी सचिवालय सदस्य तथा सूर्योदय नगरपालिकाका प्रमुख रण बहादुर राई को विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
जिल्ला तथा नगर कमिटीका अन्य पदाधीकारीहरुको समेत उपस्थिती रहेको कार्यक्रममा अन्य विभिन्न पार्टी परित्याग गरि नेपाल कम्यूनिष्ठ पार्टी एकिकृत समाजवादीमा प्रवेश गर्न आएकाहरुलाई स्वागत गर्दै पार्टी प्रवेश गराईएको राईले जानकारी दिनुभएको छ ।
कार्यक्रमका विशेष अतिथी नगर प्रमुख राइृले नेकपा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी खोल्नुको उद्धेश्य क्रान्तिको नयाँ लहर छाउनु रहेको बताउँदै अबका युवाशक्तीले नेकपा एस मा आएर परिवर्तनको क्रान्ति गर्न आवश्यक रहेको बताउँनुभएको छ । सूर्योदय नगरपालिकाका हरेक नागरिकले विकासको मर्म बुझेकाले अब त्यसमा हातेमालो गर्न नेकपा एसमा एकढिक्का भई लाग्नुपर्ने पनी बताउनुभयो ।
प्रमुख अतिथी लिम्बुले नेकपा एसको विकल्प नरहेको भन्दै देशको अग्रणी पार्टी बनाएर समृद्धिको नयाँ खाका तयार गर्न आवश्यक रहेकाले गाउँटोलबाट नै शसक्त रुपमा लागीपर्न आग्रह गर्नुभएको छ ।