सूर्योदय १० मा नेकपा एकिकृत समाजवादी को वडा कमिटी गठन

द्वारा प्रकाशित गरिएको हो |
२०७८ मंसिर १४, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

फिक्कलःइलामको सूर्योदय नगरपालिका वडा नं १० मा नेपाल कम्यूनिष्ठ पार्टी एकिकृत समाजवादी को वडा कमिटी गठन भएको छ । अनिल मुखियाको अध्यक्षतामा ७१ सदस्य कमिटी निर्माण गरिएको हो ।

नव गठित कमिटीको उपाध्यक्षमा विकास फागो,विष्णु खड्का सचिवमा पर्शुराम बस्नेत ,सह सचिवमा सरिता बस्नेत र योगेस बस्नेत चयन हुनु भएको छ।

वडा नं १० का संयोजक डिल्ली सुवेदीको अध्यक्षता,केन्द्रिय कमिटी सदस्य तथा प्रदेश नं १ की साँसद खिनु लुङ्वा लिम्बुको प्रमुख आतिथ्यता साथै जिल्ला कमिटी सचिवालय सदस्य तथा सूर्योदय नगरपालिकाका प्रमुख रण बहादुर राई को विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सूर्योदय नगरपालिका वडा नं १० का अध्यक्ष पेमा उगेन लामा, ६ का अध्यक्ष शिब कुमार बस्नेत र १२ नं वडाका अध्यक्ष डोलेन्द्र भाध्र्वज लगायत जिल्ला तथा नगर कमिटीका अन्य पदाधीकारीहरुको समेत उपस्थिती रहेको कार्यक्रममा नेता तथा कार्यकर्ताको उत्साहाजनक उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी लिम्बुले इलामको सूर्योदयमा मात्र नभई राष्ट्रियस्तरमा नेकपा एसले पक्कड जमाएको बताउनुभएको छ । अब नेकपा एसको विकल्प नरहेको भन्दै देशको अग्रणी पार्टी बनाएर समृद्धिको नयाँ खाका तयार गर्न आवश्यक रहेकाले गाउँटोलबाट नै शसक्त रुपमा लागीपर्न उहाँले आग्रह गर्नुभयो ।

विशेष अतिथी नगर प्रमुख रार्इले अब देश र जनताको मर्म बुज्ने पार्टी नेकपा एस मात्र रहेको बताउनुभएको छ । विकासलाई प्राथमिकता दिएर काम गरिने हुँदा जनताको मन जित्न असहज नभएको विश्वास ब्यक्त गर्नुभएको छ । उहाँले नेकपा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी खोल्नुको उद्धेश्य क्रान्तिको नयाँ लहर छाउनु रहेको बताउँदै अबका युवाशक्तीले नेकपा एस मा आएर परिवर्तनको क्रान्ति गर्न आवश्यक रहेको बताउँनुभएको छ ।

सूर्योदय नगरपालिकाका हरेक नागरिकले विकासको मर्म बुझेकाले अब त्यसमा हातेमालो गर्न नेकपा एसमा एकढिक्का भई लाग्नुपर्ने पनी बताउनुभयो । सम्बन्धित वडाका वडाध्यक्ष समेत रहेका नेता पेमा उगेन लामाले समाजवादीको नयाँ बाटोमा यात्रा गरि मुलुकलाई समृद्ध बनाउन सबै लाग्नुपर्ने बताउनुभएको छ । आफ्नो वडाका अधिकांश युवाले समाजवादीको उद्धेश्य र आवश्यक्ता महशुष गरिसकेकाले अब नयाँ क्रान्ति सूर्योदयबाट देशब्यापी हुनेमा ढुक्क रहेको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय