गोबिन्द पौडेल,रोङः ईलामको रोङ गाउपालिकाले मंसिर २६ गते आईतबारलाई सार्वजनिक बिदा दिएको छ । लाप्चा जातिहरुको नया बर्ष मालनावन साथोङ पर्व परेको कारण रोङमा आकस्मिक सेवाबाहेकका सबै कार्यलयहरुमा सार्वजनिक बिदा दिईएको गाउँपालिकाका कार्यबहाक अध्यक्ष मातृका वरालद्वरा हस्ताक्षरित सार्वजनिक सुचनामा जनाईएको छ ।नेपालको लोपोन्मोख जातिमा पर्ने लेप्चा जाति रोङमा करिव १ हजार एकसय जति रहेका छन्, जुन नेपालमा ७ सय ५३ स्थानिय निकायहरु मध्ये सबै भन्दा धेरै हो ।




