एक करोढ बढीको कारोबार पारित गर्दै गोगने चिया सहकारीको साधारण सभा सम्पन्न

द्वारा प्रकाशित गरिएको हो |
२०७८ पुष १०,
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

फिक्कलःगोगने चिया उत्पादक सहकारी संस्था सूर्योदय नगरपालिका वडा नं ७ को ११ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । एक करोढ तिन लाख ३० हजार ९ सय ३ रुपैया ५० पैसा बराबरको आर्थिक कारोबार पारित गर्दै सभा सम्पन्न भएको हो । कार्यक्रममा लेखा समिति संयोजक लिलाधर खतिवडाले आर्थिक प्रतिवेदन, ब्यवस्थापक कुल प्रसाद पौडेलले आ÷ब २०७७÷७८को प्रगति प्रतिवेदन र अध्यक्ष डिल्लिबहादुर घलेले आ÷ब ७८÷७९को भावि कार्यक्रम प्रस्तुत गरेका थिए ।

कार्यक्रमको अवसरमा ज्येष्ठ सेयर सदस्य ७४ बर्षिय श्रीविलास् भट्टराई र बढी मात्रामा चिया बिक्री गर्ने डिल्लिराम पौडेल सम्मानित भएका छन् । संस्थाले अध्ययन र अतिरिक्त कृयाकलाप मुल्यांकन गर्दै २ सन्ततीलाई सम्मान गरेको छ । सम्मानित हुनेमा संस्थाका सेयर सदस्य कौशिला न्यौपानेका छोरा मिलन न्यौपाने र सेयर सदस्य गणेश कुमार सापकोटाका छोरा निशान सापकोटा रहेका छन् । मिलन कक्षा १२ मा उत्कृष्ठ अंक ल्याएर उत्तिर्ण हुन सफल छात्र हुन् भने निशान सांगितीक क्षेत्रमा उदाएका नव गायक हुन् ।

संस्थाका अध्यक्ष डिल्लि बहादुर घलेको अध्यक्षता एवं वडाध्यक्ष लेखनाथ खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कृषकहरुको तर्फबाट डम्बर बहादुर कटुवालले मन्तब्य राखेका थिए । कार्यक्रममा संस्थाका सचिव छविलाल पौड्यालले स्वागत मन्तब्य र ब्यवस्थापक कुलप्रसाद पौडेलले संचालन गरेको सेयर सदस्य मित्रलाल खतिवडाले जानकारी दिईएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय