
गोविन्द पौडेल,रोङः चौधौ महाधिबेसन सकेर नया उर्जा बोकेको नेपाली कांग्रेस अहिले टोल समिति गठन संगै संगठन बिस्तारको अभियानमा लागेको छ । आज नेपाली कांग्रेस रोङ गाउपालिका वडा न ६ को आयोजनामा रोङ ६ को रम्भ्याङमा १७ सदसिय टोल समिति गठन गरिएको छ । श्याम प्रसाद आचार्यको सभापतित्वमा सुरेस राई उपसभापति, कुलबहादुर राई सचिव, सह(सचिव बिनराज राई, कोषाध्यक्ष टिकामाया तामाङ लगायत रहेका छन् । सोहि कार्यक्रममा नेकपा परित्याग गरि पेमा दोर्जे तामाङ,लेखराज तामाङ,टिकामाया तामाङ,गंगामाया लामा,निशा ठकुरी,रक्षा राई,कमला तामाङ ,फुर्वा तामाङ,उर्गेन तामाङ,सन्तोष राई ,दुर्गा राई ,मनकुमार राई,मिलन तामाङ नेपाली काग्रेसमा प्रबेस गरेका छन् ।
पाटि प्रवेस गरेका नवप्रबेसी सदस्यहरुलाई महासमिति सदस्य चन्द्रकला राई,क्षेत्रिय सभापति समसेर राई,नेका रोङ सभापति हरि बुढाथोकि र वडा नं ६ का सभापती कुमार मोक्तानले फुल टिकाले स्वागत गरेका थिए ।
नेपाली काग्रेस रोङ ६ का सभापती कुमार मोक्तानको सभापतित्व,महासमिति सदस्य चन्द्रकला राईको प्रमुख आतिथ्यता,नेपाली काग्रेस ईलाम क्षेत्र न १ का सभापति समसेर राईको बिशेष आतिथ्यता,रोङ सभापति हरिबुढाथोकी ,रोङ ६ का बडा अध्यक्ष मनिकुमार तामाङ लगायतको आतिथ्यता रहेको थियो ।
यसैगरि नेपाली काङ्ग्रेस सुनपा(३ मेहेलबोटे टोलमा आज नेपाली काङ्ग्रेसको टोल समिति गठन सप्पन्न भएको छ । रबिन सापकोटाको सभापतिमा नवगठित समितिको उपसभापतिमा बुद्धराज ढुङ्गाना,कोषाध्यक्षमा जानुका लामिछाने ,सचिवमा बिनोद सापकोटा ,सहसचिवमा प्रमेस लामिछाने लगायत २४सदस्यीय टोल समिति गठन गरिएको छ । बृहत् कार्यक्रममा अन्य पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गर्नेको लर्को लागेको थियो । कार्यक्रममा नगर सभापति जीवन नेपाल ,महाधिवेशन प्रतिनिधि हरि प्रसाद लुइँटेल ,शिवलाल सापकोटा ,क्षेत्रीय प्रतिनिधि लोक बहादुर प्रधान ,३ नम्बर वडा सल्लाहकार अर्जुन पोख्रेल क्षेत्रीय प्रतिनिधि पार्बता लामिछाने ,सुर्य भक्त सापकोटा लगायतले मन्तव्य राख्नु भएको थियो । वडा सचीव नीर बहादुर खवासले संचालन गरेको कार्यक्रमले आउदो टोल समिति गठन साबिक(८ रुङ्सुङमा गर्ने निर्णय समेत गरेको छ । कार्यक्रम वडा नम्बर (३ का सभापति अशोक कार्कीको अध्यक्षतामा सप्पन्न भएको हो ।


