१ करोड २२ लाख बढी आयब्यय पारित गर्दै सिद्धबाबा सहकारीको १९ औँ साधारण सभा सम्पन्न

द्वारा प्रकाशित गरिएको हो |
२०७८ पुष १७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलः सिद्धबाबा दुग्ध उत्पादक सहकारी संस्था सूर्योदय नगरपालिका वडा नं ८ सिद्धिगाउँको १९ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । १ करोड २२ लाख ७८ हजार ८ सय १५ रुपैया बराबरको आर्थिक कारोबार पारित गर्दै सभा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष निर बहादुर प्रधानको अध्यक्षता रहेको कार्यक्रममा लेखा समिति संयोजक भिम बहादुर प्रधानले आर्थिक प्रतिवेदन,ब्यवस्थापक पदम गिरीले भावि कार्यक्रम र अध्यक्ष प्रधानले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रमको अवसरमा ३ जना कृषकलाई सम्मान गरिएको छ । बढीमात्रामा दुग्ध विक्री गर्ने बाल कुमार घिमिरे,गुणस्तरीय दुग्ध विक्री गर्ने उमेस कुमार प्रधान र सफा स्वच्छ दुग्ध बिक्री गर्ने देउ नारायण श्रेष्ठ सम्मानित भएका हुन् ।

साधारण सभाले लिला बहादुर तुम्लुङ्गेको अध्यक्षतामा ७ सदसिय नयाँ कार्यसमिति चयन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा सावित्रा प्रधान,सचिव देव नारायण प्रधान,कोषाध्यक्ष धोजमान श्रेष्ठ र सदस्यहरुमा भिम प्रसाद घिमिरे,डिक बहादुर घिमिरे र मनिका प्रधान रहेका छन् । बृष प्रधानको संयोजकत्वमा गठित लेखा समितिमा रुपेन खनाल र गंगादेवि प्रधान सदस्य रहेका छन् ।

कार्यक्रममा सयपत्रि चिया सहकारीका अध्यक्ष राजेन्द्र तुम्लुङ्गे, एकता बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक इश्वर घिमिरे र कृषकको तर्फबार्ट दुर्गा गिरीले शुभकामना मन्तब्य राखेको ब्यवस्थापक तथा कार्यक्रम संचालक पदम गिरीले जानकारी दिईएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय