
फिक्कलःराष्ट्रिय पजातन्त्र पार्टी इलाम क्षेत्र नं १ ले पौष २७ गते फिक्कलमा वृहत कार्यक्रम गर्ने भएको छ । पृथ्वी नारायण साहाको ३०० औँ पृथ्वी जन्मजयन्तिको अवसरमा विभिध साँस्कृतिक कार्यक्रम गर्न लागिएको पुर्व क्षेत्रिय अध्यक्ष लक्ष्मि प्रसाद प्रसाईले जानकारी दिइएका छन् । सूर्योदय नगरपालिका वडा नं १४ वडा कार्यसमितिका अध्यक्ष देवी प्रसाद आचार्यको अध्यक्षतामा बसेको बैठकले सो कार्यक्रम गर्ने निर्णय भएको प्रदेश नं १ कार्यसमिति सदस्य राधा ढकालले बताएकि छन् । आज विभिन्न राजनितिक दल परित्याग गरि १५ भन्दा बढी ब्यक्तिहरु राप्रपामा प्रवेश गरेको र पौष २७ गते बाँकीलाई पार्टी प्रवेश गराउने कार्यक्रम समेत रहेको बताईएको छ । नवप्रवेशीहरु लाई अर्को कार्यक्रमको अवसर पारी पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्ग्देनबाट सदस्यता वितरण गरिने प्रसाईले बताएका छन् । पृथ्वी जयन्तीका दिन सार्वजनिक विदा दिन पार्टीले सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।


