२ करोड ४३ लाख बढी आयब्यय पारित गर्दै जौबारी कृषि तथा दुग्ध सहकारी को साधारण सभा सम्पन्न

द्वारा प्रकाशित गरिएको हो |
२०७८ पुष २२, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गोपाल अधिकारी,इलामः जौबारी कृषि तथा दुग्ध सहकारी संस्था इलाम नगरपालिका वडा नं १० को २८ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार २ करोड ४३ लाख ९८ हजार २ सय ४७ रुपैया बराबरको आर्थिक कारोबार पारित गर्दै सभा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा नं १० का वडाध्यक्ष रोम बहादुर लुङ्गेलीले संस्थालाई आवश्यक सहयोग गर्न वडा कार्यलय तयार रहेको बताएका छन् । उनले,कृषि अनुसन्धान आयोग संग समन्वय गरि थप सहयोगका लागी पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे । अध्यक्ष लुङ्गेलीले किसानका लागी च्यापकटर वितरण साथै अन्य बिउविजन बितरण गर्दै जाने बताएका छन् ।

संस्थाका अध्यक्ष धु्रब कुमार अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व कार्यसमिति अध्यक्ष गोविन्द प्रसाद अधिकारी, पुर्व कार्यसमिति सदस्य नवराज खतिवडा,इलाम नगरपालिका नगर कार्यपालिका सदस्य सावित्री राई लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

संस्थाका उपाध्यक्ष भुपेन्द्र राईले स्वागत मन्तब्य र सेयर सदस्य गोपाल अधिकारीले संचालन गरेको कार्यक्रममा लेखा समिति संयोजक बिरबहादुर राईले आर्थिक प्रतिवेदन,अध्यक्ष अधिकारीले अध्यक्षको प्रतिवेदन र संचालक समिति सदस्य टंक प्रसाद नेपालले भावि कार्ययोजना प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय