शिक्षक संघ रोङमा सावा निर्वाचितः चुकुलढुङ्गा सहकारी अध्यक्षमा टीकाराम छानिए

द्वारा प्रकाशित गरिएको हो |
२०७८ पुष २४, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

गोबिन्द पौडेल,रोङः प्रजातन्त्रबादी शिक्षकहरुको संगठन नेपाल शिक्षक संघ रोङको अध्यक्षमा लाख बहादुर सावा निर्वाचित भएका छन् । इलामको रोङ गाउपालिकामा आज भएको दोश्रो अबिधेसनले कार्यबहाक अध्यक्ष समेत रहेको साँवालाइ अध्यक्षमा निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा डोर ढकाल र लुना पौडेल सचिवमा हेम अधिकारी , अर्थ सचिवमा बिलेती गोइत र सहसचिवमा युवराज सुन्दासलाइ छनौट गरिएको छ ।

सोहि अबिधेनमा से्वा निवृत्त दुइजना शिक्षकहरुलाइ सम्मान समेत गरिएको छ । यसरी लामो समय देखी नेपाल शिक्षक संघमा रहेर सेवा निबृत्त हुने शिक्षकहरुमा देवी आचार्य र उमाकान्त यादव रहेका छन् । उनिहरुलाइ कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

नेपाल शिक्षक संघ रोङका कार्यबहाक अध्यक्ष लाख बहादुर सावाको अध्यक्षता , नेपाल शिक्षक संघ इलामका पूर्व अध्यक्ष हरि प्रसाद लुइटेलको प्रमुख आत्थ्यिता ,नेपाल शिक्षक संघ इलामका उपाध्यक्ष सुरेन्द्र कटुवालको बिशेष आतिथ्यता नेपाल शिक्ष संघ इलामका रोमनाथ शर्मा, रोङ गाउपालिकाको उपाध्यक्ष समेत रहेका नेपाली काग्रेस महासमिति सदस्य चन्द्रकला राइ र वडा नं ३ का वडाध्यक्ष समेत रहेका नेपाली काग्रेस रोङ ३ का सभापति मातृका बरालको आतिथ्यतामा भएको सो कार्यक्रममा नेपाल राष्ट्रिय शिक्ष संगठन रोङका संयोजक भूपाल खड्काले समेत शुभकामना मनतब्य राखेका थिए ।

हर्कटे बजारको चुकुलढुङ्गा सहकारी अध्यक्षमा टीकाराम अधिकारी

इलामको हर्कटे बजारमा रहेको चुकुलढुङ्गा सहकारी संस्थाको अध्यक्षमा टीकाराम अधिकारी छानिएका छन । चुकुलढुङ्गा सहकारी संस्थाको आज भएको नवौँ साधारण सभाले अधिकारीलाइ अध्यक्ष मा छनौट गरेको हो । सोही अबिधेसमा मुना पौडेल ढकाल उपाध्यक्ष, देबी गजुरेल सचिव, जलपना अधिकारी कोषध्यक्ष र लोक बहादुर प्रधान , रघुनाथ तिमसिना, नरेस पौडेल र फडिन्द्र सिवाकोटी सदस्य रहेका छन् । मुकुन्द पौडेलको अध्यक्षतामा तीन सदस्यि लेखा समिति र नरेस पौडेलको अध्यक्षतामा तीन सदस्यीय ऋण समिति समेत गठन गरेको छ ।
इलामको रोङ र सुयोदय कार्यक्षेत्र बनाएर क्रियाशिल रहेको सो सहकारीको नवौ साधारण सभाले सहकारी सदस्यका बिभिन्न आठजनालाइ सम्मान पनि गरेको छ । यसरी सम्मानित हुनेहरुमा २०७६ मा सहकारी सदस्यहरुको परिवारबाट उत्कृष्ट एस इ इ अ‍ंक पाएर पासहुने अनिस पौडेल र प्रश्ना राइ २०७७ मा उत्कृष्ट एस इ इका बिद्य्यार्थीहरु प्रज्जवल महत र प्रियंका राइ रहेका छन । यसैगरि उत्कृष्ट बाल बचत कर्ता तृष्णा राइ , जेष्ट नागरिक ८२ बर्षिय भिमा देबी पौडेल, उत्कृष्ट ऋणी सुनपा ७ का हस्तमाया राइ र उत्कृष्ट बचत कर्ता सुनपा ६ का मनिका राइ रहेका छन् । दुइजना उत्कृष्ट कर्मचारीहरु रोहित पोख्रेल र बिदुर पोख्रेललाइ समेत सम्मान गरेको छ ।
२०६९ सालमा स्थापित सहकारीले गत बर्ष ५ करोड २ लाख ९९ हजार ६ सय चौहतर रुपैया चार पैसाको कारोबार गर्दा ६ लाख ४५ हजार ७ सय बयासी रुपैया चवालीस पैसा खुद नाफा आर्जन गरेको आय ब्ययको प्रतिबेदन पनि पारित गरेको छ । ३ सय ७१ सेयर सदस्य रहेको सहकारी संस्थाका अध्यक्ष फडिन्द्र सिवाकोटीको अध्यक्षता र राष्ट्रिय सहकारी बैक इलामका प्रबन्धक मनोज लामिछानेको प्रमुख आतिथ्यतामा भएको सो साधारण सभामा उपस्थितहरुलाइ संस्थाकी तुलसा निरौलाले स्वागत गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय