सूर्योदय ५ समालबुङमा युवा उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न

द्वारा प्रकाशित गरिएको हो |
२०७८ माघ ९, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

फिक्कल,भावना न्यौपाने दाहालः इलामको सूर्योदय नगरपालिका ५ समालबुङमा युवा उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । वडा नम्बर ५ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार गत माघ ५ गतेबाट सूरु भएको तालिम सनिबार सम्पन्न भएको हो । वडा नम्बर ५ मा रहेका ११ वटा टोल सुधार समिति तथा अन्य बिभिन्न सस्थांका पदाधिकारीको प्रतिनिधित्व गर्दे ३० जना स्थानीयको सहभागितामा भएको तालिमको सहजिकरण रेडियो फिक्कल का स्टेसन म्यानेजर राजकुमार दहालले गर्नु भएको थियो ।

समापन कार्यक्रम सूर्योदय नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रेम बहादुर तामाङको अध्यक्षता तथा सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यतामा भएको हो । वडा सचिव इन्दीरा लामाले संचालन गर्नुभएको समापन कार्यंक्रममा वडा सदस्य अनिल लिम्बुले स्वागत मन्तब्य राख्नु भएको थियो ।

प्रमुख अतिथी नगरप्रमुख राईले समाजमा आफना मनको कुरा बाहिर अभिब्यक्त गर्न नजानेर धेरै मानिसहरु पछाडी पर्ने गरेको स्मरण गर्दै यस्ता तालिमले आत्माविस्वास आत्मबल बृद्धि गर्ने भएकोले मानिसको जिवन विकासको लागि मार्ग खुल्ने धारणा राख्नु भयो । तालिममा सिकेका कुरालाई ब्यवहारमा उर्तान आग्रह गर्दै अब युवाहरु नेतृत्वमा आउनु पर्नेमा जोड दिनु भयो ।

वडा अध्यक्ष तामाङले वडामा नेतृत्वकर्ताको कमि भएको महसुश गर्दै युवाहरुलाई नेतृत्वमा ल्याउन तालिमको आयोजना गरिएको बताउनु भयो । वडा सचिव लामाले बोलि नै हरेकको ठुलो शक्ति भएको आफुलाई महशुस भएको बताउनु भयो । सहभागिहरुले छोटो समयमा आफुमा निक्कै परिर्वन ल्याएको आफुले प्रत्यक्ष देखेको स्मरण गर्दै सरल र सहज रुपमा सहजिकरण गर्नुभएकोमा प्रशिक्षक दहाललाई धन्यवाद दिनु भयो ।

सहभागी दिपिका न्यौपानेले छोटो समयमा उद्घोषण तालिमले यसरी आत्मबल बढछ भन्ने आफुहरुले कल्पना नै नगरेको तर सहभागी सबैले धेरैकुरामा सकरात्मक परिर्वतन महशुस गरेको भन्दै आगामी दिनमा पनि यस्ता तालिम ल्याउन माग गर्नु भयो ।

अर्का सहभागि सुगम प्रधानले प्रशिक्षकको सरल र सहज शिक्षण बिधिबाट निक्कै उत्साहित भएको अब जस्तो सुकै ठाउमा जस्तो सुकै मञ्चमा पनि आफनो कुरा सहजरुपमा राख्न अब सक्षम रहेको भन्दै तालिम आयोजनाको लागि वडालाई धन्यवाद दिनु भयो ।
तलिममा सहभागी प्रशिक्षार्थीहरुको तर्फबाट प्रशिक्षक दहाललाई मायाको चिनो सहित नेपाली ढाका टोपी लगाएर सम्मान गरिएको थियो ।
वडाले सबै सहभागिलाई प्रमाण पत्र समेत उपलब्ध गराएको थियो

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय