
फिक्कलः इलामको भालुखोप–लक्ष्मीपूर–थाक्ले हुदै खुदुनाबारी सडक कालोपत्रे हुँने भएको छ । उक्त सडक कालो पत्रे गर्नका लागि ४० करोडको हाराहारीमा डिभिजन सडक कार्यालय इलामले टेण्डर आवहान गरेको हो ।
यस्तै पशुपतिनगर– मानेभन्ज्यागं–जोगमाई हुँदै पाँचथरसम्म पुग्ने बाटोको पहिलो चरणको कार्यलाई ९ पशुपतिनगर – मानेभन्ज्यागं० को पक्की सडक निर्माणको लागि ५ करोडको टेन्डर आवहान भैसकेको छ । उक्त सडकको क्रमागतको लागि प्रक्रिया अधि बढिसकेको छ ।



सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले लक्ष्मीपूर कृषि उत्पादनको खानी र पर्यटनको प्रचुर संभावना बोकेको ठाउँ भएको बताउदै उक्त सडक निर्माणले आर्थिक लगायत बहुआयामिक परिवर्तनमा भूमिका खेल्ने बताउनु भएको छ ।उहाले माथिल्लो क्षेत्रमा निर्माण हुँने सडकले चित्रे गुम्बा लयायत आन्तरीक पर्यटनको विकास हुन बताउनु भएको छ ।
यस्तै छिपिटार–छव्वीसे–बौद्धधामको सडक निर्माणका लागि समेत टेन्डर आवहान भैसकेको छ । नगर प्रमुख राईले भन्नु भयो ‘लामो पर्खाई र निरन्तरताको प्रयास पछि नगरपालिकाभित्र निर्माण हुन लागेका आयोजनाहरूमा सम्पूर्ण नगरबासीको समेत महत्वपूर्ण भूमिका हुनेछ।’