सगरमाथा चढ्न युवन्तिकालाई इलाम नगरपालिकाको २ लाख सहयोग

द्वारा प्रकाशित गरिएको हो |
२०७८ माघ २१, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलः बिश्वको सर्बोच्च शिखर सगरमाथा चढ्ने तयारीमा रहेकी इलामको सूर्योदय नगरपालिकाकी युवन्तिका तामाङलाई इलाम नगरपालिकाले आर्थिक सहयोग प्रदान गरेको छ । युवन्तिकालाई इलामले २ लाख रुपैया सहयोग प्रदान गरेको हो ।

उनले इलाम नगरपालिकाले आफ्नो सगरमाथा आरोहणका लागि सहयोग प्रदान गरेको बताइन् । उनले इलाम नगरपालिकाका नगर प्रमुख महेश बस्नेत उप प्रमुख शुशिला नेम्वाङ, प्रमुख प्रशासकीय अधिकृत काली बहादुर भुजेल लगातयलाई धन्यवाद ज्ञापन समेत गरेकी छन् ।

विभिन्न साहसिक खेल र बाइक राइडिङकी सौखिन २८ बर्षीया तामाङले आगामी अप्रिल महिनामा सगरमाथा आरोहण गर्ने भएकी हुन् । इलाइट हिमालय एक्सपीट ट्रेकमार्फत आरोहण अभ्यास गरिरहेकी उनी हालै मात्र सगरमाथाको लोबुचे पिकसम्मको ६ हजार १ सय १९ मिटरको उचाइको आरोहण सफलतापुर्वक सम्पन्न गरेकी छन् ।

सगरमाथा आरोहण खर्चिलो हुने भएकाले उनी यतिबेला खर्च जुटाउने कसरतमा छिन् । उनी भन्छिन्,‘जिल्लाबाट पहिलो महिला आरोही बनेर सगरमाथाको शिखरमा पुगेर राष्ट्रिय झन्डा फहराउने हिम्मत लिएको छु । सपना पूरा गर्छु भन्ने आशा छ । यसका लागि सबैको सहयोगको अपेक्षा गरेको छु ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय