बार्षिक उत्सवको अवसरमा नगरप्रमुख द्धारा अभिभावकलाई परिचय पत्र वितरण

द्वारा प्रकाशित गरिएको हो |
२०७८ फाल्गुन ११, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलः पुण्य स्मारिका आधारभुत विद्यालय सूर्योदय नगरपालिका वडा ११ तीनघरेको ३४ औं बार्षिक उत्सव विभिन्न कार्यक्रम आयोजना गरि मनाइएको छ । बार्षिक उत्सवको अवसर पारेर अभिभावकहरुलाई अभिभावक परिचय पत्र वितरण शुरु गरिएको छ । बार्षिक उत्सव कार्यक्रम उद्घाटन गर्दै सूर्योदय नगरपालिकाका प्रमुख रण बहादुर राईले शैक्षिक क्षेत्रका लागि अभिभावकहरुलाई जागरुक बनाउन विभिन्न कार्य भएको बताउनु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश कुमार राईको अध्यक्षतमा भएको कार्यक्रममा प्रधानाध्यापक डिल्लीराम पौडेलले आर्थिक वर्ष २०७७।७८ को कुल ८४ लाख बराबरको आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।
२०४४ सालमा स्थापना भएको विद्यालय सूर्योदय नगर क्षेत्रमा नमुना विद्यालयको रुपमा रहेको भन्दै वक्ताहरुले प्रशंसा गरेका थिए । कार्यक्रमा स्वागत मन्तव्य राख्तै शिक्षिका तारा कट्टेलले नगरपालिकाले शैक्षिक गुणस्तर कायम राख्नका लागि लगानी बढाएको बताउनु भयो । कार्यक्रममा विद्यार्थीहरुले नृत्य , गीत र नाटक प्रस्तुत गरेका थिए । विद्यालयमा दुइ सय ५० विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय