सूर्योदयमा नगरपालिका– ६ मा एमालेको पार्टी कार्यालय उद्धघाटन

द्वारा प्रकाशित गरिएको हो |
२०७८ फाल्गुन १४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कन्यामः नेकपा एमाले सूर्योदय नगरपालिका– ६ को पार्टी कार्यालय उद्धघाटन भएको छ । एमाले वडा कमिटी अध्यक्ष देवि गजुरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले जिल्ला समिति सदस्य डम्बर प्रधान र जिल्ला सल्लाहकार परिषद् सदस्य प्रकाश अधिकारी कार्यकर्ताहरुलाई प्रशिक्षण दिनुका साथै कार्यालय उद्धघाटन गरेका हुन् ।

कार्यक्रममा वक्ताहरुका तर्फबाट नगर कमिटी सदस्य कुशबहादुर गुरुङले समग्र वस्तु स्थिति बारे अवगत गरेका थिए । जिल्ला कमिटी सदस्य हेमन्तादेवि निरौलाले पनि आफ्नो भनाई राखेकी थिइन् ।

कार्यक्रममा पुुराना एमाले कार्यकर्ता एवं नगर सदस्य घनश्याम तिवारी ,मधुसूदन घिमिरे नगर सचिवालय सदस्य तुलसा खत्री ,कमल पौडेल , वडा समितिको तर्फबाट सविर राई, टंक खड्का ,शिबकुमार दर्जी, तेजेन्द्र तामाङ ,दिपक दुलाल लगायतको उपस्थिति रहेको थियोे ।

पार्टीका सक्रिय सदस्य हर्षवहादुर निरौलाले पार्टी कार्लयका प्रयोजनका निम्ति निःशुल्क एक कोठा पार्टी लाई उपलब्ध गराएका थिए । पार्टी सदस्य रजिन ढुङगेल ले सन्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य गीता तामाङले राखेको वडा कमिटी सचिव बिराज तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय