करसोङ पदमार्गको उद्घाटन आईतबार

द्वारा प्रकाशित गरिएको हो |
२०७८ चैत्र ११, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गोबिन्द पौडेल, रोङःरोङ गाउपालिकामा रहेको उन्तिस किलोमिटरको करसोङ पदमार्गको चैत्र १३ गते आईतबार उद्घाटन गरिने भएको छ । रोङ गाउपालिका वडा न ३ को हासपोखरीवाट रोङ ६ को पाटापुर,मेची खोलासम्म रहेको सभवत प्रदेश न १कै लामो २९ किलोमिटर लामो पदमार्ग निर्माण सकेर आईतबारदेखि पर्यटककहरुको लागि खुल्ला गरिने भएको हो ।

तराईमा प्रचण्ड गर्मी बढेको बेला एउटै करिडोरबाट हिमाल पहाड तराईकोअनुपम दृश्यलाई अवलोकन गर्दै सुरम्य घना वन अनेकन बनस्पति,सुर्योदय र सुर्यस्तको अवलोकन,जैबिक बिबिधता लगायतको दृश्यावलोकन गर्न सकिने साथै साईक्लिन गर्न चाहनेहरुलाई उपयुक्त सरचना निर्माण गरि सृगार पटार सकेर उद्घाटन गरिन लागेको वडा न ६ का वडाध्यक्ष मनिकुमार स्याङ्वो सुवासले बताए ।

१३ गते आईतबार बिहान १० बजे रोङ ३ को हासपोखरिमा उद्घाटन गरि गुगल डाडा,हुदै पिङडाडा,दैले हल्लने काउले हुदै रोङ ६ मा रहेको झण्डीडाडामा औपचारिक कार्यक्रम बिबिन्न झाकिहरु सास्कृतिक र मनोरन्जनात्क कार्यक्रम गरि समापन गरिने कार्यक्रमा सबैलाई उपस्थिति को लागि आयोजकले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय