फिक्कलः आसन्न वैशाख ३० गते हुने स्थानिय निर्वाचनलाई लक्षित गरि देशभर नेपाली कांग्रेसले सञ्चालन गरेको ‘घर घर जाउ कांग्रेस जिताउँ अभियान’ अन्तर्गत सोमबार इलामको फिक्कलमा सुर्योदय नगर स्तरिय कार्यक्रम सम्पन्न भएको छ।
नगर सभापति जीवन कुमार नेपालको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी पार्टीका जिल्ला सभापति डम्बर खड़का रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी खड्काले अव इलाममा कांग्रेसको गुट अन्त्य भएको दाबी गरे । सबै एक जुट भएर चुनावमा होमिनु पर्ने बेला भएको बताउँदै उनले जस्ले टिकट पाएपनी सबैले रुखमा भोट हालेर कांग्रेसको उमे्वारलाई जिताउनु पर्ने बताएका छन् ।



सबै वडा र टोल टोलमा समेत ‘घर घर जाउ कांग्रेस जिताउँ अभियान’ सफल बनाउन सम्पूर्ण कार्यकर्तालाई आग्रह गरे । २९ गते समापनको अवसरमा केन्द्रबाट केन्द्रिय महामन्त्री गगन थापाको उपस्थितीमा फिक्कलमा एक वृहत कार्यक्रमका विच समापन हुने नगर सभापति जीवन नेपालले जानकारी दिईएका छन् । कार्यक्रममा बोल्ने सबै बक्ताहरूले अब सबै कांग्रेस एकजुट भएर हिन्ने बेला आएको बताएका थिए ।
नेपाली काँग्रेसका वडा देखी जिल्ला सम्मका पदाधिकारीहरू सम्मिलित उक्त कार्यक्रममा नेपाली कांग्रेस नगर उपसभापति रमेश प्रधानले स्वागत मन्तब्य राखे । कार्यक्रममा महाधिवेशन प्रतिनिधीहरू, क्षेत्रिय प्रतिनिध, वडा समितिहरू त्यसका सभापतिहरु विभिन्न भातृ संग संगठनका प्रतिनिधीहरू लगायत ३०० वडीको उपस्थिती रहेको नगर समिति सदस्य विवेकशर्मा लामिछानेले जानकारी दिईएका छन् ।


