
फिक्कलः ज्ञानोदय माद्यमिक विद्यालय माईजोगमाई गाउँपालिका २ मा छात्रवृत्रि वितरण सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा स्थापित विभिन्न अक्षयकोषहरु मार्फत पुरस्कार वितरण गरिएको शिक्षक यादव खतिवडाले जानकारी दिईएका छन् । कार्यक्रममा खडानन्द रोहिणी अक्षय कोषद्धारा वि सं २०७७ सालको एसईई परिक्षामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीद्धय सुजन राई र पासाङ तामाङ्ग पुरष्किृत भएका छन् । तामाङ्ग भने पवित्रादेवी तिवारी स्मृति अक्षय कोषबाट समेत पुरष्कृत भएकी छन् । महेन्द्र भोज स्मृति अक्षयकोष अन्तर्गत डेबिट महत र दिपेश अधिकारीलाई पुरस्कार वितरण गरिएको छ ।
यसैगरी विरभद्र मातापिता प्रतिभासाली शिक्षक प्रोत्साहन पुरस्कार अन्तर्गत शिक्षक निरकुमार महत,यादव खतिवडा र कृष्ण कुमारी खतिवडा सम्मानित भएका छन् । खडानन्द रोहिणी अक्षय कोषका अध्यक्ष लक्ष्मिप्रसाद खतिवडाको अध्यक्षता एवं विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद तिम्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा खडानन्द रोहिणी अक्षय कोषका चन्द्रमणि खतिवडा,पवित्रादेवी तिवारी स्मृति अक्षय कोषका रमेश तिवारी,महेन्द्र भोज स्मृति अक्षयकोषका मोहन बस्नेत,टिका बस्नेत,विरभद्र मातापिता प्रतिभासाली शिक्षक प्रोत्साहन पुरस्कारका प्रकास थामि लगायत संस्थापक अध्यक्ष तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।



कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रधानाध्यापक तिम्सिनाले कोष स्थापना गरि विद्यार्थी तथा शिक्षकमा थप हौसला बढाउने काम गरेकोमा सबैलाई धन्यवाद दिईका छन् । उनले शैक्षिक गुणस्तर वृद्धि गर्न जिज्ञाशु विद्यार्थी र ऊर्जाशिल शिक्षक हुनुपर्ने भन्दै त्यतातर्फ ध्यान पुर्याउन आग्रह गरे ।
विभिध सांस्कृतिक कृयाकलापका बिच सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले आकर्षक नृत्य तथा गायन प्रस्तुत गरे । सांस्कृतिक निर्णायकमा शिक्षक लेखनाथ सापकोटा रहेका थिए । विद्यालयका सहायक प्रधानाध्यापक टेक बहादुर भण्डारीले स्वागत मन्तव्य राखेको कार्यक्रम शिक्षक खड्ग थापाले संचालन गरेको जनाईएको छ ।