इलामः नेकपा एमाले माङसेबुङ गाउँपालिका वडा नम्बर १ को आयोजनामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । वडा कमिटी अध्यक्ष गजेन्द्र लिम्बूको अध्यक्षता एवं नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा अनेरास्ववियु केन्द्रिय कमिटी सचिवालय सदस्य प्रबेश पराजुलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य तिल बिक्रम लिम्बु , मनिषा भट्टराई , जिल्ला सल्लाहकार सदस्य , नेकपा एमाले माङसेबुङ सल्लाहकार परिसद संयोजक टेकबिर लिम्बू लगायत को सहभागिता रहेको थियो । कार्यक्रममा अबको निर्वाचनमा पार्टीको जित सुनिश्चित गराउन कार्यकर्तालाई सकृयता पुर्वक लाग्न आग्रह गरिएको छ । युवा संगठनलाई चलायमान बनाउने विषयमा छलफल केन्द्रित भएको कार्यक्रमका प्रमुख अतिथी जिल्ला कमिटी सदस्य पराजुलीले जानकारी दिईएका छन् ।





