राप्रपाको जनसभा चैत्र २४ गते फिक्कलमा,केन्द्रीय अध्यक्ष लिङदेन सहित शिर्ष नेताले सम्बोधन गर्ने

द्वारा प्रकाशित गरिएको हो |
२०७८ चैत्र २०, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

फिक्कलः रााष्ट्रिय प्रजातन्त्र पार्टीले इलामको फिक्कलमा आउँदो २४ गते बिहीबार बृहत जनसभा गर्ने भएको छ । पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन सहितका नेताले सम्बोधन गर्ने उक्त कार्यक्रम आफनो पार्टीका एजेण्डा तल्लो स्तर सम्म लैजानका लागि आयोजना गरिएको आज पत्रकार सम्मेलन गर्दै जानकारी दिईएको हो । लिङदेन सहित उक्त कार्यक्रममा पार्टी प्रवक्त्ता ज्ञानेन्द्र शाही, भक्ती सिटौला ,केन्द्रीय सदस्य रेखा थापा, पार्टीका प्रदेश १ प्रमुख राम थापा लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको केन्द्रीय सदस्य लिलादेबी श्रेष्ठले जानकारी दिईन् ।

इलामका १० पालिका र छिमेकी जिल्लाका गरी १० हजार बढी कार्यकर्ता सहभागी हुँने उक्त कार्यक्रममा ठूलो संख्यामा पार्टी प्रवेश गर्ने जनाईएको छ । पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य श्रेष्ठले बर्तमान अवस्थामा देश बिदेशीको इशारामा चलेकाले राप्रपाको एजेण्डा माटो सुहाउदो भएको बताईन् । उन््ले राजतन्त्र कायम हुँदा संचालनमा आएका उद्योग धन्दा ठूला भनीएका दलका नेताले मास्ने मात्र काम गरेको बताईन् । राजसंस्था र सनातन हिन्दु राष्ट्र राप्रपाको मुल एजेण्डा भएकाले उक्त उदेश्य चाडै पुरा हुँने बताएकी छन् ।

नेपाली माटो सुहाँउदो पार्टी भएकाले अब राप्रपाको विकल्प नभएको भन्दै एमसिसि पास गरेर राष्ट्रघात गरेको भन्दै कम्युनिष्ट कांग्रेस मिलेर डलरमा देश बेचेको समेत उनले आरोप लगाईन् । आरक्षणको नाममा विभेद भएको उन्को भनाई छ । अवस्थाको आधारमा पहिचान गरिनुपर्ने बताईन् ।आमसभा पार्टीको अवस्था र मुलुकमा राप्रपाको महत्व कति भन्ने विषयको जानकारी गराउने उद्धेश्यले आयोजना गरिएको पार्टीले जनाएको छ ।

केन्द्रीय सदस्य श्रेष्ठले भनिन्,हामीले राजा चाहियो भनेको होईन, राज संस्था चाहिन्छ भनेको हो।’ पत्रकार सम्मेलनमा आगामी स्थानीय तह निर्वाचनमा इलामका सबै पालिका र वडामा उम्मेद्धारी दिईने जानकारी दिईएको छ । हाल सम्म कुनै पार्टी संग गठबन्धन गर्ने बिषयमा छलफल नभएको जानकारी दिर्दै श्रेष्ठले कुनै पार्टीले कुरा अगाडी बढाए छलफल गर्न सकिने बताईन् । उनले कमल थापाले पार्टी फुटाएर गए पनि आफनो पार्टीलाई यस क्षेत्रमा कुनै असर नपर्ने दाबी गरेकी छन् । ‘कुचोले बर्ढार्नु पर्ने कसिङ्गरलाई हावाले उडाएर लग्यो, राम्रै भयो’ ।

कार्यक्रममा राप्रपाको नेताले संचार माध्यमले ठूला दलका मात्र कुरा लेख्ने र बोल्ने गरेको भन्दै साना दललाई पनि उत्तीकै प्राथमिक्ता दिन आग्रह गरेका थिए । बिहीबार बजारको दिन कार्यक्रम परेकाले उक्त दिन यातायतका साधन ब्यवस्थित गर्न सम्बन्धित निकायलाई जानकारी दिई सकिएको जनाईएको छ ।आगामी २४ चैत्रमा हुने कार्यक्रममा उपस्थीतिको लागि सबै पार्टी कार्यकर्ता शुभचिन्तक लगायत आम जनतालाई राप्रपाले आग्रह गरेको छ । पत्रकार सम्मेलनमा क्षेत्रिय सभापति तेजनाथ शर्मा , ,नगर अध्यक्ष लेखनाथ पोख्रेल जिल्ला कमिटि सहसचिव तारानाथ पौडेल राप्रपा नेतहरु लक्ष्मी प्रसाई , इन्द्र अधिकारी , राजेन्द्र चौहान, छिरिग्मा योल्मो , राज कुमार कटटेल लगायतको उपस्थीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय