सहारा नेपालको २७ औँ स्थापना दिवस फिक्कलमा

द्वारा प्रकाशित गरिएको हो |
२०७८ चैत्र २१, ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

फिक्कलः सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको २७ औँ स्थापना दिवसको अवसरमा फिक्कल सेवा केन्द्रले बिभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।संस्थाको स्थापना दिवको अवसरमा सोमबार फिक्कलमा आयोजित कार्यक्रममा संस्थाको अवस्थाबारे शेयर सदस्यर्ला जानकारी दिदै बिभिन्न कार्यक्रम गरी मनाईएको हो ।
संस्थाका शेयर सदस्य शोभा शाक्यको अध्यक्षता र सूर्योदय नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष शिवकुमार बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा फिक्कल सेवा केन्द्र प्रमुख कल्पना ढुंगानाले संस्थाको अवस्था बारे जानकारी गराउनु भएको थियो । उहाले फिक्कल सेवा केन्द्रमा २ हजार १ सय बढी शेयर सदस्य संस्थामा आवद्ध रहेको जानकारी दिनु भयो । केन्द्र प्रमुख ढुंगानाका अनुसार फिक्कल सेवा केन्द्रले हाल सम्ममा १८ करोड ऋण लगानी गरेको छ भने १५ करोड रुपैया संस्थामा बचत रहेको छ । उहाले संस्थाले कृषि, घर–जग्गा , ब्यवसाय र युवा उद्यम अन्र्तगत अटो ब्यवसायमा लगानी भैरहेको जानकारी दिनु भयो । ढुंगानले भन्नु भयो‘आगामी दिनमा प्रविधि मैत्री सेवा सदस्यको हितमा बिस्तार हुँने छन ।’

कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ६ का वडाध्यक्ष शिव कुमार बस्नेतले सहारा नेपालले समुदाय स्तरमा पुगेर गरेका काम प्रभावकारी भएको बताउनु भयो । उहाले सहाराले गरेका कामले स्थानीयलाई बचत गर्ने बाँनीको बिकास गरेको बताउनु भयो । कार्यक्रममा पत्रकार महासंघ इलामका सह सचिव तथा सहारा नेपालका शेयर सदस्य प्रेम अधिकारीले कोभिडको आक्रान्त समयमा नागरिक बचाउन सहाराले गरेका कार्य अतुलनीय रहेको बताउदै समयानुकुल संस्थाले परिमार्जित भएर जानु पर्ने बताउनु भयो ।
संस्थाका कर्मचारी दुर्गा बहादुर राउतले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रममा कार्यक्रम अध्यक्ष सोभा शाक्यले संस्थाको योगदान समुदायमा अतुलनीय रहेको बताउनु भयो । कार्यक्रममा संस्थाका कर्मचारी प्रेम राज राईले बितीय साक्षरता सम्बन्धी जानकारी गराउनु भएको थियो ।
उक्त अवसरमा संस्थाका शेयर सदस्य अल्विना थामी र शोभा शाक्यलाई सम्मान समेत गरिएको थियो ।

सहाराले आगामी १० वर्षभित्र एक खर्ब रुपैयाँको वासलातको लक्ष्य बनाएको छ ।संस्थाले वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय चारपाने र धुलाबारी सेवाकेन्द्रमा एकैसाथ एटिएम सेवा सुरु गरेको छ। एटिएम सेवालाई आगामी दिनमा विस्तार गर्दै लैजाने संस्थाले जनाएको छ ।
सहारामा हालसम्म एक लख ६० हजार सदस्य पुगेका छन् भने ७७ वटा सेवाकेन्द्र रहेका छन् । हाल सहारा नेपाल छ वटा जिल्लामा पूर्ण रुपमा र पाँच जिल्लाका दुईदुईवटा गरी ८० स्थानीय तहमा कार्य क्षेत्र बनाएर काम गरिरहेको छ ।संस्थाको शेयर पुँजी एक अर्ब ६५ करोड रुपैयाँ पुगेको छ भने बचत नौ अर्ब ५६ करोड रुपैयाँ छ । संस्थाले एक हजार ३१६ करोड रुपैयाँ ऋण लगानी गरेका छ । जगेडा तथा अन्य कोषमा एक अर्ब रुपैयाँ रहेको छ ।
संस्थाले हालसम्म उपचार अपरेसन, दुर्घटना र विशेष रोग लगायतमा ५१ करोड २९ लाख ८० हजार ४०९ रुपैयाँ सहयोग गरेको छ । सो सहयोग ३८ हजार ८४५ जना सदस्यलाई प्रदान गरिएको छ ।त्यस्तै, संस्थाले सञ्चालन गरेको विद्यालयमा २९० जना विद्यार्थी अध्ययनरत छन् भने १७९ जनालाई प्राविधिक शिक्षाको लागि छात्रवृत्ति प्रदान गरिएको छ ।जैविक विविधता तथा वातावरण संरक्षणको क्षेत्रमा सहाराले १० हजार परिवारलाई सुधारिएको चुलो निर्माणमा सहजीकरण गरेको छ । १२ हजार घर परिवारलाई शौचालय निर्माणमा सहजीकरण, २५ हजार सदस्यलाई फलफूलको विरुवा वितरण, ८ हजार २०० घरपरिवारमा सोलार जडान र ३ हजार २४७ घर परिवारमा बायोग्यास जडान गरिएको छ ।त्यस्तै, सामाजिक क्षेत्रमा सहाराले उल्लेख्य काम गरेको छ । झापामा अक्सिजन सिलिन्डर बैंक स्थापनामा सहयोग, २ हजार १५६ वटा विपन्न आवास निर्माणमा सहजीकरण, ६ वटा एम्बुलेन्स हस्तान्तरण, ५ वटा खानेपानी ट्यांकी निर्माणमा सहयोग र सर्पदंश उपचार केन्द्र स्थापनामा सहयोग गरेको छ ।संस्थाले कोरोना राहत कार्यक्रमअन्तर्गत कोभिड भएका ४ हजार ५०० जना सदस्यलाई पोषण सामग्री वितरण गरेको थियो । कोभिड सहायतामार्फत १ हजार ७७० जना होम आइसोलेसनमा रहेका सदस्यहरुका लागि औषधि सहयोगबापत १ करोड २३ लाख ९० हजार रुपैयाँ प्रदान गरिएको थियो ।प्रदेश सरकार र स्थानीय सरकार मार्फत ५७ लाख ३५ हजार २५७ रुपैयाँबरावरको राहत प्याकेज सहाराले उपलब्ध गरएको थियो । त्यस्तै, ७ हजार ८१६ जनालाई विपद सापटी रकमबावत २ करोड ६८ लाख २३ हजार रुपैयाँ प्रदान संस्थाले गरेको छ ।
संस्थाले कोभिडको समयमा ब्याजमा १० प्रतिशत छुटबापत ३ करोड ४५ लाख ब्याज छुट दिएको थियो । संस्थाले रोजगारी सिर्जनामा योगदान पुर्याउँदै आएको छ । प्रत्यक्ष रोजगारीमा ५२६ जना संलग्न छन् भने कृषि व्यवसायमार्फत ६ हजार ६२ जनामा रोजगारी सिर्जना गरिएको छ । विदेशबाट फर्किएका तथा बेरोजगार ३ हजार ३८६ जनालाई अटो रिक्सा ऋण प्रदान गरिएको छ ।
साना तथा मझौला उद्योगमार्फत १ हजार २०० जनामा उद्यम सिर्जना गरिएको छ भने ९ हजा ३० जनालाई विभिन्न व्यवसायमार्फत स्वरोजगार बनाउन संस्था सफल भएको छ । संस्थाको मुख्य कार्यालय झापाको चारपानेमा रहेको छ ।कृषि क्षेत्रमा वित्तीय तथा प्राविधिक सहयोगअन्तर्गत ९०० वटा स्यालो ट्युबवेल वितरण गरी ३ हजार हेक्टर जमिन सिँचाइ भइरहेको छ । कृषिलाई व्यावसायिक बनाउन १ हजार ४०० वटा टनेल वितरण गरिएको छ भने १६ हजार सदस्यलाई कृषि प्राविधिक सहयोग गरिएको छ ।पशुपालनमा किसानलाई सहयोगस्वरुप ४ हजार ९१८ वटा पशु बीमामार्फत सुरक्षा प्रदान गरिएको छ । ४० वटा फ्रेस हाउस निर्माणमा साझेदारी र ७ हजार ४१ जना किसानलाई खसीबाख्रा र कुखुरा पालनमा सहयोग गरिएको छ ।

संस्थाले गरिबी न्यूनीकरणमा योगदान पुर्याउन लघुवित्त कार्यक्रममार्फत गरिबी न्यूनीकरणमा सहयोग, सिप, तालिम र उद्यमशीलता विकासमा सहयोग र स्थानीय स्तरमा स्वरोजगारी सिर्जनामा सहयोग गरेको छ ।लैङ्गिक समानता र सामाजिक समावेशीकरणमा योगदान पुर्याउँदै सहाराले सदस्य संरक्षणमा जोड दिँदै आएको छ । त्यसअन्तर्गत ज्येष्ठ सदस्य, एकल महिला पुरुषको लागि सामाजिक सुरक्षा कार्यक्रम, अनाथ, अशक्त बालबालिकाहरुका लागि सामाजिक सुरक्षा कार्यक्रम गर्दै आएको छ । संस्थाले हालसम्म ४ हजार ८९२ जनालाई दशकर्म तथा काजक्रिया खर्च उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय